सुनकोशीमा पुगेर जन्मभूमिको इन्डक्ल्याप

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७१, बुधबार

काठमाडौं । चलचित्र जन्मभूमिले आफ्नो सम्पूर्ण छायाँकनको कार्य सुनकोशीमा पुगेर इन्डक्ल्याप गरेको छ । जन्मभूमिले सिन्धुलीको झाँगाझोली, काठमाडौं, नगरकोटलगायतका ठाउँमा छायाँकन गरेपछि अन्तिम दृश्यका लागि सुनकोशीमा पुगेको थियो ।सुरज गिरीको निर्माण, सुन्दर पाण्डेको सहनिर्माणमा तयार गरिएको जन्मभूमिलाई मोहन निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा विश्वदीप घिमिरे क्रियटिभ डाइरेक्टरको रुपमा रहेका छन् भने शान्तिप्रिय कास्टिङ डाइरेक्टरको रुपमा रहेका छन् । युवराज राईको छायाँकन रहेको चलचित्र जन्मभूमिमा शंकर बिसीले कोरियोग्राफी गरेका छन् । अष्ट महर्जनको द्वन्द्व, बसन्त सापकोटाको संगीत रहेको चलचित्र जन्मभूमिमा नेपालमा पहिलोपटक संस्कृत शब्दको राष्ट्रिय गीत समावेश गरिएको छ । उक्त संस्कृत गीत भने स्व.पुण्य निरौलाद्वारा रचिएको हो । त्यस्तै यस चलचित्रमा रहेको अन्य गीतहरु चेतन कार्की र शान्तिप्रियले लेखेका हुन् । चलचित्रमा मोहन निरौलाको लेखन रहेको छ । जन्मभूमि चलचित्रमा नारीको बाहुल्यता रहेको छ भने पूर्ण रुपमा राष्ट्रियता र सामाजिक विद्रोहले ओतप्रोत भएको निर्देशक निरौलाले बताए ।
यस चलचित्रमा अनु शाह, विनोद श्रेष्ठ, निष्मा घिमिरे, जेविका कार्की, अग्रीम गिरी, ओम प्रतीक, केशव भट्टराई, राजु बजाज, उत्तम केसी, रमेश अधिकारी र मोहन निरौलाकोे अभिनय रहेको छ भने बालकलाकारका रुपमा सौगात विष्ट रहेका छन् । चलचित्रले २४ दिनमा सम्पूर्ण छायाँकन कार्य सकाएको हो ।
mohan niraula

janmabhumi14

janmabhumi13

janmabhumi12

janmabhumi6

janmabhumi7

janmabhumi10

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु