सुनिलको भ्यालेन्टाइन स्पेशल वियोगान्त

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७२, आईतवार

भ्यालेन्टाइन डेको अवसरमा प्रेम जोडीहरुले एकआपसमा माया साटासाट गर्ने गर्छन् । डेटिङ जाने होस् या एकअर्कामा मायामा रमाउने गर्छन् भने कोहिले भ्यालेन्टाइन डेलाई मजबुत बनाउन विभिन्न गिफ्ट दिने गर्छन् । त्यसो त संगीतमा लाग्नेहरुले आजभोलि भ्यालेन्टाइन डे स्पेशल संगीत पनि गिफ्ट दिने पनि गर्छन् । भ्यालेन्टाइन डेमा प्रेमीहरुको मिलनलाई विशेष रुपमा हेरिन्छ तर गीतकार, मोडल सुनिल लामिछानेले भने विछोड गीतलाई भ्यालेन्टाइन डेको स्पेशल बनाएका छन् ।

sunil sagun
सुनिल लामिछानेको प्रस्तुतिमा रहेको गीत ‘दुई दिनको लागि आएर गयौ’ वियोगान्त गीत हो । जसलाई उनले भ्यालेन्टाइन डे स्पेशलको रुपमा आजबाटै रिलिज गरेका छन् । कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको उक्त गीतलाई शिव हमालले लेखेका हुन् भने उनकै लयसमेत रहेको छ । गोर्खा चौतारी म्यूजिकले बजार प्रबद्र्धन गरेको यो गीतको म्यूजिक भिडियोमा सुनिल लामिछाने र सगुन शाही ठकुरीको अभिनय रहेको छ । कपिल लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् भने सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु