सुनिता भन्छिन् ‘घर त मेरो रमाइलो पोखरा’

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७२, शुक्रबार

गायिका सुनिता गुरुङलाई जहाँ गए नि पोखरा नै रमाइलो लाग्छ रे । सुनिता यतिखेर जसलाई नि भन्ने गर्छिन् ‘घर त मेरो रमाइलो पोखरा’ । पोखरा मन नपर्ने को होला र ? विदेशदेखि पोखरा हेर्नकै लागि आउने कति छन् भने हामीलाई मन नपर्ने कुरै भएन । तर गायिका सुनितालाई पनि पोखराले नै मन लोभ्याएको छ भन्ने कुरा उनकै गीतले प्रष्ट पारेको छ ।

गायिका गुरुङले भर्खरै मात्र भिडियोसहितको लोकदोहोरी गीत ‘रमाइलो पोखरा’ सार्वजनिक गरेकी छन् । निर्भाना कला केन्द्रद्वारा पर्यटकिय रेष्टुरेण्ट ठमेल हाउसमा आयोजना गरिएको एक समारोहबीच अभिनेत्री गौरी मल्ल र अभिनेता रमेश उप्रेतीले ‘रमाइलो पोखरा’को सार्वजनिक गरिएको हो ।

अतिथिद्वय मल्ल र उप्रेतीले एल्बमको विमोचन गर्दै पोखरालाई लिएर थुप्रै गीत बनेर चले पनि यो लोकभाका विशेष रहेको चर्चा गरे । आयोजक कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्व तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्वतमान अध्यक्ष विदुर गिरी, निर्माता निर्देशक निर्मल शर्मा, निर्माता तथा अभिनेता केशव भट्टराई, निर्माता तथा वितरक गोपाल कायस्थ, नेपाली कला संगमका सल्लाहकार सुदर्शन महर्जनको आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको हो । अतिथिहरुले गीत सार्वजनिकपछि बोल्दै गायिका गुरुङले मौलिकपन भएको लोकशैलीलाई पछ्याएको हुँदा गायनलाई निरन्तरता दिनुपर्ने बताउँदै गीतको सफलताको शुभकामना दिएका थिए ।

gauri malla-sunita

त्यसैगरी गायक मिलन लामाले गायिका गुरुङको गायकीको प्रशंशा गर्दै लोक गायनको क्षेत्रमा उनको भविष्य उज्ज्वल रहेको बताएका थिए । लोक गायक लामाले गायिका गुरुङको यो पछिल्लो यो गीतले नेपाली चलचित्र जगत् र लोक संगीतलाई एक आपसमा जोड्ने काम गरेको समेत बताए । रमाइलो पोखरामा गायक मिलन लामाको रचना एवं संगीत रहेको छ ।

त्यसै गरी संगीतकार तथा रेडियो नेपालका उप निर्देशक टीका भण्डारीले रेडियो नेपालमा गायिका गुरुङलाई प्रशिक्षण दिने बेलामै आफुले उनको स्वरमा स्तरियता भेटेको चर्चा गरेका गर्दै यो गीतले उनलाई चर्चाको शिखरमा पु¥याउने विश्वास लिएको बताए ।

milan lama-ramesh upreti

त्यस्तै, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले शब्द रचना, लय र स्वर तीनै पक्षका कारण एलबममा रहेको गीत शसक्त बन्न पुगेको बताए भने गायिका गुरुङले सबै विधाको गीत गाउन सक्षम भए पनि पहिलो प्राथमिकता लोकभाकालाई दिँदै आएको खुलाइन् । कार्यक्रममा नेपाली कला संगमका सल्लाहकार तथा गायिका गुरुङका पति सुदर्शन महर्जनले पत्नीकै रुचिका कारण आफु पनि संगीत क्षेत्रमा समाहित भएको र कला संगममार्पmत नेपाली गीत संगीतको उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाए भने सभापति रमेश श्रेष्ठले आफ्नो कला केन्द्रले व्यावसायिक नाफा घाटा नहेरी लोक संगीतको क्षेत्रलाई माथि उकास्न यस विधाको एलबम र गीतहरु उत्पादन गरिरहेको बताए ।

sunita gurung-1

कार्यक्रममा रमाइलो पोखराको भिडियो प्रदर्शन गरिएको थियो । भिडियो रमेश श्रेष्ठको निर्देशनमा बनेको हो भने कोरियोग्राफी विजय थापा, छायांकन सुदिप बराल, सम्पादन पवन सिंखडा तथा नृत्य विजय थापा र गायिका सुनिता गुरुङको रहेको छ । कार्यक्रममा एलबका सर्जक तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नेपालका विभिन्न क्षेत्रका मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो । सार्वजनिक एलबममा गायिका गुरुङलाई गायनमा जीवन परियारले साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु