सुबिसुधाको सांगीतिक काव्यसुधा

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७२, बुधबार

काठमाडौं । नेपाली साहित्यमा नाम सुबिसुधा आचार्य चर्चित नाम हो । संचारकर्मलाई पनि अंगाल्दै आएकी साहित्यकार तथा संचारकर्मी आचार्यले हाल ‘काब्यसुधा’ गीती एल्बम लिएर प्रस्तुत भएकी छिन् । नेपाली टेलिभिजन इतिहासमा पहिलो साहित्यिक, सांस्कृतिक, सांगितिक समाचारहरू र सर्जकका सृजनाहरू समेटेको पृथक टेलिभिजन कार्यक्रम ‘तपाईको सृजना हाम्रो आवाज’ डिसी नेपाल डट कममा साप्ताहिक रूपमा प्रकाशन प्रसारण गर्दै आएकी सुबिसुधा हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी छिन् । प्रवासमा रहेर पनि साहित्यमा तिब्र चम्किरहेकी सुबिसुधाले एकल शब्द मार्फत एघारौं कृति बजारमा पस्किएकी हुन् । ‘काब्य–सुधा’ मा ५ वटा गीत रहेका छन् । डिसी नेपालका संस्थापक रामहरी सुबेदीलगायतबाट संयुक्त राज्य अमेरिकामा र विशेष गोष्ठी गरी नेपालमा एकै साथ एल्बम सार्वजनिक गरिएको जानकारी संयोजक केशव आचार्यले दिए।

kabya sudha
गायक मनोज राज र गायीका बिन्दु परियारको स्वर रहेको छ भने संगीतकार झलक संगीतमको एकल संगीत र एरेन्ज रहेको छ । ‘काव्य–सुधा’ नामक उक्त आधुनिक गीती एल्बममा बाँचुन्जेल नाम लिन, तप्कन खोज्छ मोतिका दाना, हँसाए थोरैले, रुवाए धेरैले, तिमी थियौ र त आमालगायतका गीतहरु समावेश गरिएका छन्।
‘बाँचुन्जेल नाम लिन गारो मान्छ मान्छे’ बोलको गीतको म्यूजिक भिडियोको निर्देशन शिवन पोखरेलले गरेका छन्। आलाप रेकर्डिड स्टुडियोको प्रस्तुति रहेको यस एल्बमका गीतहरू सबैले मन पराउनेमा उनि ढुक्क छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु