सुमनको दृश्यमा झ्याई पार्ने

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७२, बिहीबार

काठमाडौं । गायक सुमन श्रेष्ठ ‘संगम’ले चाँडै सांगीतिक क्षेत्रमा झ्याईं पार्दैछन् । मोफसलमा बसेर सांगीतिक करिअर अगाडि बढाएका सुमनले दर्शक तथा श्रोताका लागि आफ्नो नयाँ गीत ‘झ्याईं पार्ने’ म्युजिक भिडियोमा ल्याउन लागेका हुन् । डेढ वर्षअघि ‘सुमन’ नामक गीति एल्बममार्फत् सांगीतिक क्षेत्रमा पाइला टेकेका सुमनले अब भने दृश्य एल्बममार्फत् दर्शक स्रोतासामु उपस्थित हुन लागेका हुन् ।

suman-shrestha-sangam

‘झ्याईं पार्ने’ बोलको गीत यसै एल्बमको हो । एल्बमका चार गीतमध्ये ‘झ्यार्इं पार्ने’ को म्युजिक भिडियो तयार पारेको बताउँदै भने, ‘लोकफ्लेभरको यस गीतलाई प्रमोसन गर्ने सोचले भिडियो बनाएको हुँ । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत रहेको ‘झ्याईं पार्ने’ गीतको शब्दरचना सुमनकै हो । केदार धितालले निर्देशन गरेको यस गीतको भिडियोमा पल शाह र अनु शाहले मोडलिङ गरेका छन् । यो म्युजिक भिडियो यसै साता रिजिल गर्ने सुमनले बताए । उनले भने, ‘यो साता झ्याईं पार्ने गीतको भिडियो रिजिलसँगै प्रमोसन सुरु गर्नेछु । एल्बमचाहिँ मंसीरमा मात्र रिलिज गर्ने सोच छ ।’ उनका अनुसार एल्बम ‘दृश्य’ मा पीडित छन् यहाँ जनहरु, जीवन आखिर, भन्छौ किन र झैं पार्नेसहित चार वटा गीत रहनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु