सुमनले दिलुलाई भने ‘पाछु मेरी भन्न’

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७४, मंगलवार

२६ मंसिर, काठमाडौं । पछिल्लो समय आफूलाई कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका मोडल हुन् सुमन खतिवडा । सुमनले करिब दुई दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । पछिल्लो समय सुमन र दिलु सुनारले खेलेको म्यूजिक भिडियो बजारमा आएको छ । सुपा देउराली म्यूजिकबाट बजारमा आएको उक्त गीतमा प्रशान्त पौडेल र अपेक्षा गिरीको स्वर रहेको छ । माधव पराजुलीको शब्द रहेको ‘पाछु मेरी भन्न’ को म्यूजिक भने स्माइल कृष्ण पराजुलीले गरेका हुन् ।


भिडियोलाई गायक प्रशान्त पौडेलले नै निर्देशन गरेका छन् भने सुमन र दिलुको अभिनय रहेको छ । चक्रबहादुर बरालको छायाँकन रहेको उक्त भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु