सुमन र अपेक्षा मायाजालमा परेपछि… (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७४, सोमबार
पुष २४, काठमाडौं । चर्चित मोडल अपेक्षा बस्याल  र  गायक एवम मोडल सुमन परियारको मायाजालमा परेका छन् । उनीहरुको मायाजाल यतिसम्म गहिरिएको छ कि एक अर्काविना बांच्नै नसक्ने भएका छन् । मायाको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाडने बताएका छन् । यो कुरा उनको वास्तविक जिवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गीत ‘पुर्णिमाको जुन’मा भेटाईएको हो ।
सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी गीत पुर्णिमाको जुनमा शारदा मरासिनी सरुको लय , रन्जु पाण्डेको शब्द रहेको गीतमा लोकप्रिय गायिका संझना भण्डारी र प्रेम केसीको स्वर रहेको छ  ।
मदन खडकाले निर्देशन गरेको गीतको भिडियोमा अपेक्षा बस्याल , सुमन परियार र चन्द्र पाण्डे नाचेका छन् । गीतलाई टंक केसीले खिचेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका छन् । गीतले सार्वजनिक भएको छोटो समयमा श्रोता दर्शकको राम्रो साथ पाएको छ ।
गीतको भिडियो हेर्नका लागी यो लिंकमा क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु