सुरजले गराए रिमाको फ्यासब्याक

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७२, आईतवार

चलचित्र तथा म्युजिक भिडियोमा फाट्ट फुट्ट देखिने अभिनेत्री रिमा बिश्वकर्माको अभिनय रहेको अर्काे म्युजिक भिडियोसार्वजनिक भएको छ । बिसुद्ध आधुनिक क्लासिकल शैलीको उक्त गीतमा रिमालाई अभिनयमा डिबी खड्काले साथ दिएका छन् ।

फ्ल्यास ब्याक शैलीमा तयार पारिएको उक्त गीतको भिडियो रिमाको अहिलेसम्म सार्वजनिक भएको भन्दा भिन्न रहेको छ । डी.वी.खड्काको सङ्गीत रहेको उक्त गीतमा मनिला सोताङको स्वर छ ।

from L-R Shankar K Rai, Manila Sogang & D B Khadka

भिडियो संचारकर्मी समेत रहेका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । पृथिवी पारी एक गीतको रुपमा नभएर ब्रान्डको रुपमा आफुले ल्याउन लागेको गीतकार शङ्कर के राईले बताए । गीत÷सङ्गीत क्षेत्रलाई एउटा फरक तर सही मार्गमा हिड्न गीतले उत्प्रेरित गर्ने अपेक्षा आफ्नो रहेको गीतकार राईको छ ।

from L-R D B Khadka, Pratima Rai, Reema Bishwokarma & Shankar K Rai_2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु