सुरशाला आइडियल जुनियर प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७२, आईतवार

काठमाडौं । सुरशाला म्यूजिक एकेडेमीले संगीतप्रेमीहरुलाई मध्यनजर गर्दै “सुरशाला आइडियल जुनियर” गायन प्रतियोगिता सुरु गर्न लागेको छ । लुकेर रहेका प्रतिभाहरुको खोजीमा लागेको सुरशालाले कुशल गायक, गायिका, म्यूजिसियनहरु उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिताको सुरुवात गरेको हो । काठमाडौं उपत्यकालाई नै केन्द्रमा राखेर आउँदो कार्तिकबाट सुरशाला आइडियल जुनियर प्रतियोगिता सुरु हुन लागेको हो । यस आइडियलको अडिसन राउन्ड भने भाद्र १० गतेदेखि असोजसम्म हुने भएको छ ।

Shurshal Music Academy going to junior idol

यस प्रतियोगिताको विजेतालाई सुरशाला म्यूजिक एकेडेमीले नगद पुरस्कार, ट्रफी, संगीत अध्ययनका लागि छात्रवृत्तिजस्ता पुरस्कार राखेको छ । आडियलमा प्रथम हुनेलाई एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणका साथै ३ लाख ५० हजार पुरस्कार प्रदान गर्ने भएको छ । त्यस्तै दोश्रो हुने प्रतियोगीलाई २ लाख २५ हजार नगदसहित ट्रफी, सुरशाला एकेडेमीमा छात्रवृत्ति, गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणसहितको पुरस्कार रहेको छ । तेश्रो हुने प्रतियोगीलाई १ लाख ६० हजार नगदसहित सुरशाला छात्रवृत्ति प्रदान गरिने सुरशाला एकेडेमीका अध्यक्ष एवं गायक अमृत क्षेत्रीले म्यूजिकखबरलाई जानकारी दिए । यस प्रतियोगितामा उत्कृष्ट दशभित्र परेका प्रतियोगीहरुलाई पनि ५० हजार बराबरको पुरस्कारका रुपमा सुरशाला छात्रवृत्ति प्रदान गरिने क्षेत्रीले बताए । सन् २००४ मा स्थापना भएको यस एकेडमीले गायन, वाद्यवादनलगायतका संगीतका शिक्षा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु