सुरेन्द्रले गरे ममताको सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार

फागुन १३, काठमाण्डौ । गीतकार ममता राईको एकल शब्दमा गायकरसंगीतकार सविन लिम्बुको एकल संगीतमा राजधानीमा एल्बम “ममता” को एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन“अमर” ले सार्वजनिक गरेका छन् । प्रमुख अतिथिले गीतकार ममता राईको सफलताको कामना र उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।

surendra
गीतकार ममता राईले देशप्रतिको माया मोहका कारण विदेशमा रहेर रचना गरेकी हुन् । गीतकार राईले एल्बम बिक्रीबाट उठेको पैसाले अनाथ, असाहयहरूलाई दिने बताउँदै र आश्रम खोलेर दुःखीको सेवा गर्ने बताएकी छन् । आश्रम बनाउनका लागि आई बहादुर खालिङ्ग र सोमाया राईले लाखौं पर्ने आफ्नो जग्गा उपलब्ध गराएका थिए । कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको थियोे । समारोहमा मकर बहादुर राई, अर्जुन खालिङ्ग राई, जस बहादुर राई, भुवन राई, जेनी राई, प्रकाश बहादुर राई लगायतले गीतकारका बारेमा बोलेका थिए ।

संगीतकार, गायक तथा एरेन्जर सविन लिम्बुले एल्बम भित्रको गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए । एल्बमभित्र राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई, पूर्ण खालिङ्ग राई, सविन लिम्बु र यसोदा खालिङ्ग राई आदिको सुमधुर स्वर रहेको छ । एम सिरिजको उत्पादन ममता एल्बम सार्वजनिक समारोहमको के.के अधिकारीले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु