सुरेन्द्र महर्जन”अमर” ‘एकल सृजना साँझ-२०७५’ सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७५, मंगलवार

भाद्र १९, काठमाडौं । नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहनुभएका भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवम् साहित्यकार सुरेन्द्र महर्जन अमर ‘एकल सृजना साँझ-२०७५’ सम्पन्न भयो ।

ओ.एस नेपालको प्रस्तुति अप्सराजको इभेण्ट तथा जिम्मामा आयोजक एसियन गजल लाउन्ज एण्ड बार सुमेरु मार्ट सातदोबाटो, ललितपुरमा आयोजना भएको कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ द्वारा रचना गरिएको एक दर्जनभन्दा बढी गीतहरू ख्यातिप्राप्त गायकगायिकाहरूबाट कार्यक्रममा गायन प्रस्तुत गरिनुका साथै अमरद्वारा रचना गरिएको गीतहरूको म्युजिक भिडियो देखाउनुका साथै चित्रकारीताका विभिन्न सृजनाका आर्टहरू, उहाँद्वारा रचित एवं गाइएको गीतहरू, कविता, हाइकु, तान्का, मुक्तक, उपन्यासका पंक्ति समेत प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, ईन्टरटेनर राजु श्रेष्ठ, सुरेन्द्र महर्जन, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायकर गायिकाहरूबाट कार्यक्रममा अमरद्वारा रचना गरिएका गीतहरू अन्जु पन्त, मिलन अमात्य, शिव परियार, बानीका प्रधान, रिमा गुरुङ होडा, महेश सेवा, योजना पुरी, सुमित्रा सुनुवार, सविन लिम्बु, मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी, राम अवाले, सुरेन्द्र महर्जन, दिना थामी, रमण थामी, शान्ता कार्की, रानु कार्की, कर्म ग्याल्छेन बम्जन, ममता पोखरेल गौतम, शिखा भारती, राजु श्रेष्ठ, लगायतका एक दर्जनभन्दा बढी गायक र गायिकाहरूबाट अमरका रचनामा गायिएका सुन्दर गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सृजनाकार अमरका सुन्दर चित्रण कार्यक्रम स्थलमा प्रदर्शनी गरिएको थियो भने गायकरगायिका मात्रले मात्रै नभै कार्यक्रममा उपस्थित साहित्यकारहरूले अमरद्वारा रचना गरिएका गीत, कविताहरू उद्घोषण गरिएको थियोे । साहित्यकार, गीतकार एवं पत्रकार पुष्पराज बुढाथोकी ‘साँउतेली’ ले अमरका विषयमा आफ्नो मन्तव्य राख्दै कहिल्यै नथाक्ने जहिले पनि एक कदम अगाडि बढि रहने समय जस्तो समयको संज्ञा दिंदै अमरको उज्ज्वल भविष्यको कामना गर्दै अमरकै सृजना प्रस्तुत गर्नु भयो ।

ओ.एस नेपालको तर्फबाट विवेक कार्कीले जो हार्दैन उसैले बाजी जित्ने कुरामा दुई मत नभएको बताउनु भयो । किन भने विगत तिन दशकभन्दा बढी साहित्य सृजना, चित्र लेख्न मात्र नभएर गायनमा पनि उतिकै सुन्दर आवाज दिने अनि अहिले आएर बन्दै गरेको नेपाली कथानक गीति चलचित्रमा आफ्नो प्रतिभा स्वरुप अभिनय पनि गरिसकेका साहित्यकार, कवि, गीतकार एवं गायक अमरले ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मान गरिएको र उहाँकै रचनाका तीन कृति अमर-२ (गीति एल्बम), मतिनाया खँ (नेपालभासाको गीति एल्बम) र अदभूत (उपन्यास) ओ.एस नेपालद्वारा प्रकाशन गरेको पनि जानकारी दिनु भयो । अन्त्यमा ‘अमर’ ले अब चाँडोभन्दा चाँडै अब १९ औं कृति लिएर फेरि पाठक माझ प्रस्तुत हुने जानकारी पनि गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु