सुष्माले ‘ड्रिमव्याय’ अर्थात् सलमान खानलाई भेटेपछि

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७४, बुधबार

असोज ४, काठमाडौं । सलमान खान, सर्वसाधरणका लागि मात्र नभएर सेलिब्रेटीहरुका लागि समेत ड्रिम व्याय हुन् । नेपालकी हट एण्ड सेक्सी नायिका सुष्माले रियलमा नै आफ्नो ड्रिम व्याय अर्थात् सलमान खानलाई भेट्न सफल भएकी छिन् ।

उनले सलमान खान आफ्नो ड्रिमव्याय भएको बताउँदै आएकी थिइन् । श्री सिद्धार्थ एवं नेपलीज इन्टरटेन्मेन्ट ग्रुपले विजयादशमीको अवसर पारेर आयोजना गरेको शुभकामना साँझ कार्यक्रममा सहभागी हुन लण्डन पुगेकी सुक्ष्माले ‘दबंग टुर युके’का लागि आफ्नो टिमसहित बेलायत पुगेका सलमानसँग भेट्ने अवसर पाएकी हुन् ।

 


सलमानलाई भेट्दा आफूले किस गरेको, हग गरेको र १० मिनेट जति गफ गरेको उनले बताएकी छिन् । सलमानसँग खिचेको तस्बिर उनले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु