सुष्माले ल्याइन् ’तनहुँ खैरेनी’  भिडियो सहित 

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७४, बिहीबार
१३ पुष, काठमाडौं । चन्द्र सुर्य फिल्मस प्रालीको प्रस्तुतिमा सुष्मा थापा मगरको नेपाली लोकदोहोरी क्षेत्रका गित ’तनहुँ खैरेनी  ’ गितको अहिले डिजिटल बजारमा उपलब्ध भएको छ । गायक बाल कुमार श्रेष्ठ र गायिका सुष्मा थापा मगरको सुमधुर आवाजमा तनहुँ खैरेनी आएको छ ।
माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । गायिका स्वमको संगित संयोजन , राजु विरहीको शब्द सिर्जनामा गित तयार पारिएको छ । कसैको अभावमा भौतारिनुपर्दाको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । विक्रम चौहान द्धारा निर्देशित भिडियोलाई  अमर शाक्यले सम्पादन गरेका हुन भने भिडियोमा टिना र उदय उपाध्ययको अभिनय देख्न सकिन्छ ।
’तनहुँ खैरेनी  को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु