सेक्सी बुढासँग सुरविना (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७०, बुधबार

काठमाडौं । ए सेक्सी बुढा फ्रिमा पानी त पाइँदैन फोकटमा कार्यक्रम भन्ने सम्वाद निकै चर्चामा छ । अब पछिल्लो समय यस्ता सम्वादलाई लिएर केही चलचित्र चले होलान् तर सबै चलचित्रले सफलता पाउँछन् भन्ने चाहिँ छैन । भर्खरै मात्र चलचित्र झोला र झोलेले सफलता हात पारिरहेको बेला अब चलचित्र झेली पनि आफ्नो रिलिज डेट चैत १४ लाई घोषणा गरेर बजारमा आउन लागेको छ । त्यही चलचित्र झेलीको एउटा सम्वाद हो सेस्की बुढा फ्रिमा पानी त पाइँदैन फोकटमा कार्यक्रम ।
झेलीको यो सम्वादसँगै चलचित्रलाई चलाउन मद्दत पुग्ने विश्वास धेरैले गरेका छन् । चलचित्र कस्तो बन्यो भन्दा पनि चलचित्रलाई कसरी चलाउने भन्नेतर्फ हाम्रा चलचित्रकर्मीहरु लागिरहेको बेला यो सम्वादले झेलीलाई सफलता बनाउला नबनाउला त्यो भन्न सकिने अवस्था भने छैन । कुनै पनि विषयमा झेल गरेर हुन कुराहरुलाई चलचित्रभित्र उतारिएको छ । चलचित्रलाई महिला छायाँकार सवनम मुखियाले छायाँकन गरेकी हुन् भने यस चलचित्रमा सुरविना कार्की, अनिल थापा, विष्णु रिजाल, अस्कर शर्मा, दिपा अधिकारीको मुख्य भूमिका रहेको छ ।

jheli

 

surbina

[youtube]http://www.youtube.com/watch?v=9bskQQVMgng[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु