सेन्सर बोर्डको अवज्ञा गर्दै नवल

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७०, बिहीबार

काठमाडौं । चलचित्रको निर्माण कार्य पूरा भएपछि प्रदर्शन हुनअघि चलचित्र जाँच पास शाखा सेन्सर बोर्डले सेन्सर गर्ने कानुनी प्रावधान छ । तर, निर्माता तथा अभिनेता नवल खड्काले भने आफ्नो चलचित्र सेन्सरै नगरी रिलिज गर्ने तयारमा छन् । चलचित्र ‘भीमदत्त’ सेन्सर नगरी प्रदर्शन गर्ने नवलले बताएका छन् । ‘भीमदत्त’ को १२ दृश्य तथा संवाद ‘हाइड’ गर्ने सर्तमा सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । तर, सेन्सर बोर्डले ‘हाइड’ गर्न भनिएको दृश्य हटाउन नमिल्ने भन्दै अहिलेकै अवस्थामा चलचित्र प्रदर्शन गर्ने नवलले बताए ।
‘भामदत्त’ को हङकङमा च्यारिटी गरेर यसैसाता नेपाल फर्केका नवलले भने, ‘सेन्सर बोर्डले हाइड गर्नु भनेको दृश्य हाइड नगरी चलचित्र प्रदर्शन गर्ने सोचमा छु । यो बायाग्राफि चलचित्र हो । त्यसैले सेन्सरले कैंची लगाउनु भनेको दृश्य हटाए चलचित्रको मर्म नै मर्छ । यदि जनताले सेन्सर गर भन्यो भने मात्र ती दृश्य हटाउने छु ।’ ‘भीमदत्त’ सुदुरपश्चिम डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र हो ।
नवल केही सातायता ‘भीमदत्त’ को च्यारिटीका क्रममा विभिन्न मुलुकको भ्रमणमा छन् । यसै साता मात्र उनी हङकङमा ‘भीमदत्त’ को दुई सो च्यारिटी गरेर फर्केका हुन् । उनले ‘भीमदत्त’ को चीनको गुन्जाओमा ९ मार्चमा च्यारिटी गरिएको बताउँदै भने, ‘सम्भवतः पहिलोपटक नेपाली चलचित्र चीनमा प्रदर्शन गरिएको छ । मैले थाहा पाएअनुसार नेपाली चलचित्र चीनमा प्रदर्शन भएको छैन ।’
नवलले ‘भीमदत्त’ एक ऐतिहासिक चलचित्र भएको भन्दै भने, ‘चलचित्र ऐतिहासिक तथ्यमा आधारित रहेर निर्माण गरिएको हो । यसमा कुनै पनि इतिहासिक तथ्यलाई तोडमोड् गरिएर काल्पनिकतामा ढालिएको छैन । न त यसमा अश्लिलता र नग्नता प्रर्दशन गरिएको छ । न कुनै छाडा शब्दहरुको सम्वाद नै छ ।’ चलचित्रको संवाद तथा दृश्य हटाइएमा र्ममाथि नै आँच आउने उनको दावी छ । ‘यो त राष्ट्रप्रति सर्मप्रित योद्धाको सम्मानका लागि हो’ उनले भने, ‘राज्यले सहिद घोषणा नगरेका योद्धाको सम्मान स्वरुप चलचित्र बनाएका हौं । यो चलचित्र भीमदत्तकै जीवनीमा आधारीत ।’ उनले सेन्सर गरिएको चलचित्र प्रर्दशन गर्नु भनेको सम्पुर्ण न्यायप्रेमी नेपालीलाई गुमराहमा राखे सरह हुने बताउँदै यस्तो अन्याय गर्न नचाहेको बताए । ‘हामीले सेन्सर पुर्वकै चलचित्र प्रर्दशन गर्नेछौं’ नवलले भने, ‘यसका लागि हामीजस्तो सुकै चुनौतीको सामना गर्न तयार छौं ।’
साथै, उनले आफू हङकङमा भएका बेला त्यहाँ नेपाली चलचित्रको पाइरेशी नियन्त्रण गर्न हङकङस्थित नेपाली महाबाणिज्यदूत समक्ष नेपाल चलत्रि कलाकार संघको तर्फबाट ज्ञापनपत्र बुझाएको बताए । चलचित्र ‘भीमदत्त’ हङकङ दुई सो गरिएको जनाउँदै नवलले भने, ‘एक सोका लागि त्यहाँ पुगेको हुँ तर दर्शकको आग्रहमा दुई सो गरियो ।’ उनले निकट समयमै हङकङमा पुनः दुई सो च्यारिटी गर्ने सनाए । चलचित्रमा नवललगायत निशा अधिकारी, सुमिना घिमिरेलगायतको मुख्य अभिनय छ । ‘भीमदत्त’ को निर्देशनको हिमग्याप शेपा ‘टासी’ ले गरेका हुन् ।

 images maxresdefault

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु