सेन्सर बोर्डमा सुरेश । चलचित्र क्षेत्रको हितमा लाग्ने प्रतिबद्धता

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७१, शुक्रबार

काठमाडौं । नेपाल सरकारले चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)मा निर्देशक एवम् पत्रकार सुरेश दर्पण पोखरेललाई नियुक्त गरेको छ । लामो समयदेखि पत्रकारिता, निर्देशन, निर्माण एवम् बितरणको क्षेत्रमा क्रियाशील रही नेपाली चलचित्र उद्योगको विकासमा लागिपरेका निर्देशक सुरेश दर्पण पोखरेललाई नेपाल सरकारले सेन्सर बोर्डमा नियुक्त गरेको हो । त्यस्तै नायिका मेलिना मानन्धरलाई पनि सेन्सर बोर्डमा नै नियुक्त गरेको छ । दर्पण नेपाल चलचित्र निर्माता संघका प्रवक्तसमेत हुन् ।
नियुक्त भएपछि दर्पणले आफ्नो क्षमताको कदर गर्दै सरकारले नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो ज्ञान र विवेकको प्रयोग गरी चलचित्र क्षेत्रकै विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

censer-board
त्यस्तै चलचित्र विकास बोर्डमा रिक्त तीन पदमा पनि अभिनेत्री रुपा राणा र काङग्रेस निकटका फिल्म निर्माता राजेन्द्र केसी नियुक्त भएका छन् । एक पद अझै रिक्त छ भने अध्यक्ष पदमा पनि धर्मेन्द्र मरवैतालाई हटाएर निर्माता संघका अध्यक्ष राजकुमार राईलाई नियुक्त गर्ने चर्चा चलेको छ ।
म्यूजिक खबर डटकम सेन्सर बोर्डमा नियुक्त सुरेश दर्पण पोखरेल एवम् मेलिनामा मानन्धरलगायतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

FDB

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु