सेवा रेकर्डिङ दोस्रो वर्षमा

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार

फागुन १३, काठमाडौं । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएको सेवा रेकर्डिङ डिजिटल स्टुडियो पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष शिवरात्रीकै दिन संचालनमा आएको यस स्टुडियोले पहिलो वर्षगाँठ मनाउँदै दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशका अवसरमा चर्चित गायक गायिकाहरुले सामाजिक सञ्जालमार्फत् शुभकामनासमेत प्रदान गरेका छन् ।

studioअत्याधुनिक डिजिटल सेवासहित रेकर्डिङ कार्य गर्दै आएको यस स्टुडियोमा रेकर्डिङ भएका गीतहरुले बजारमा लोकप्रियता पाउँदा खुशीको महसुस हुने स्टुडियोका संचालक गायक तथा संगीतकार भिषण मुकारुङले बताए । गीतसंगीतको रेकर्डिङदेखि बजार व्यवस्थापनसमेत गर्दै आएको सेवा रेकर्डिङ स्टुडियो एवं सेवा इन्टरटेनमेन्टले सम्पूर्ण गायक, गायिका, संगीतकार, एरेन्जर, बाद्यवादक, ध्वनि मुद्रक लगायत प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनेहरुलाई आभार प्रकट गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु