सालुले फालिन् छोटो लुगा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७२, शनिबार

कमल न्यौपाने


छोटो लुगाकै कारण चर्चामा आइरहने मोडल, बेली डान्सर तथा गायिका सालु गौतमले त्यही छोटो लुगा पनि फालेकी छन् ।  तिज नजिकिँदै आउँदा सबैले रातो सारी लगाएर जीउ ढाक्न थालेपछि सोलुले पनि छोटा लुगा फालेकी हुन् ।

shalu ( Baby Doll 0

सालुले ‘छोटो लुगा फालेर रातो साडी लगाएँ’ बोलको गीत बजारमा ल्याएकी हुन । उक्त गीतमा सालुकै स्वर,शब्द र संगीत रहेको छ । बिगत ९ बर्ष देखि युरोपमै बस्दै आएकी सालु मोडलिङसँगै अभिनय, नृत्य तथा गायनमा पनि आफ्नो परिचय बनाई सकेकीछिन् । सालुले १ दर्जन बढी भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।‘छोटो लुगा फालेर रातो सारी लगाएँ ’बोलको गीतमा सालुले आँफै अभिनय गरेकिछिन । संचारकर्मी सुब्रत आचार्यलको निर्देशन रहेको उक्त भिडियोमा मोडल सालुलाई निकै हट अवतारमा उतारीएको छ । भिडियोमा महेश प्रदानको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

हेरौँ छोटो लुगा फालेर रातो सारी लगाएँको भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु