सोहन घिमिरेको ‘यो साँझ’ को चर्चा बढ्दो

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

sohan ghimire

वैशाख १४, काठमाडौं । डा.सोहन घिमिरे नेपाली गीत भनेपछि हुरूक्कै हुने प्रतिभाको नाउँ हो । विदेशी भुमी युु.के.को एवर्डिनमा प्राविधिक पेशामा आवद्ध रहेता पनि घिमिरेको गीत संगीत क्षेत्रप्रतिको लगाव र क्रियाशिलता लोभलाग्दो देखिन्छ । केही समय अगाडि मातृभुमीको मायाले ओतप्रोत भएको गीत ‘तिनजुरेको डाँडैमा’ सार्वजनिक गरेका घिमिरेको यतिबेला ‘यो साँझ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा घिमिरेको नै शब्द तथा संगीत रहेको छ भने स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा नविन कुमार क्षेत्री र बिना राईले अभिनय गरेका छन् भने दिपेशराज रेग्मीले निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु