सौगातको ‘लुकामारी’ लुक्स सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७२, मंगलवार

काठमाडौं–सौगात मल्ल स्टारर फिल्म ‘लुकामारी’को पोष्टर सार्वजनिक भएको छ । अन्य सिनेमामा भन्दा फरक भूमिकामा देखिने सौगातलाई, सार्वजनिक गरिएको पोस्टरमा निकै हाइलाइट गरिएको छ ।

फरक अवतारमा देखिएका अभिनित मल्ल हातमा ग्यासको सिलिण्डर बोक्दै धोती र सर्ट लगाएर प्रस्तुत भएका छन् । उनको लुक्सले फिल्मलाई प्रतिक्षित बनाउने छ । यो फिल्म सस्पेन्स, कमेडी ड्रमा खाल्को हुने छ । सौगातका अलावा अर्का नायक कर्म, अभिनेत्रीहरु रिस्ता बस्नेत र सुरविना कार्की पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उक्त फिल्म, सुरज मानसिंह भण्डारीले निमार्ण गरेका हुन् । श्रीराम दाहाल निर्देशित फिल्ल जेठ २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

सफल सिनेमा होस्टेल मार्फत रजतपट छिरेकी रिस्ता थुप्रै सिनेमामा अभिनय गरिसकेकी छन् भने सुरबिना मोडलिङ फिल्ड बाट आएकी हुन् । यी दुई संग सौगातको अनस्क्रिन कमेस्ट्रि कस्तो देखिने हो र कस्तो लुकामारी हुने हो त्यो भने सिनेमा आएपछि मात्र थाहा हुने छ ।
सौगातको लुट पछि उनी अभिनित अरु फिल्महरु लगातार सफल भइरहेका बेला उनलाई यो फिल्मले पनि राहत दिने विश्वास गरिएको छ ।

lukamari-first-look

 

nepali-movie-utsav-official-trai1

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु