सौगातलाई दश कक्षासम्म छात्रवृत्ति

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७१, मंगलवार

काठमाडौं । विश्वकै कान्छो निर्देशकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका चलचित्र लभ यू बाबाका निर्देशक सौगात विष्टलाई उनी अध्ययनरत विद्यालयले कक्षा १० सम्म निशुल्क छात्रवृत्तिको घोषणा गरेको छ । डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले निर्देशक विष्टलाई निःशुल्क पठाउने भएको हो । उक्त विद्यालयमा विष्ट कक्षा २ मा अध्ययनरत छन् ।
विद्यालय सञ्चालन समितिको सोमबार बसेको बैठकले उनलाई कक्षा ३ देखि कक्षा १० सम्म तीन लाख ५० हजार रुपैंयाँको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीले बताए । आठ वर्षे सौगातले ७ वर्ष ३ सय ४० दिनमा फिल्म ‘लभ यू बाबा’को निर्देशन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु