सौभाग्यमा सन्दिप र सुप्रिया (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७२, बिहीबार

काठमाण्डौ । सन्दिप न्यौपाने र सुप्रिया कटवाल नेपाली रजत क्षेत्रमा चिरपरिचित नाम हो । विगत एक दशकदेखि मनोरञ्जनको क्षेत्रमा होमिएका न्यौपानेले र छोटो समयमै स्थापित भएर चम्किरहेकी कटवालले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि उतिकै सहभागि भइरहेका यी दुई कलाकारले अभिनय गरेको गित‘ ‘सौभाग्य’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । रेस्क्यु क्रियसनको प्रस्तुति तथा बजार व्यवस्थापन रहेको उक्त म्यूजिक भिडियालाई पछिल्लो समयमा अत्यन्तै लोकप्रिय सञ्जाल युटुव मार्फत सार्वजनिक गरिएको हो । कमल खत्रीको स्वर रहेको उक्त गितमा गायन प्रमिला भण्डारी ‘सेर्बु’ को शब्द रहेको छ । त्यस्तै प्रदिप जोशिको एरेन्ज तथा कल्याण सिंहको संगीत भएको भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । समन अधिकारीद्धारा निर्देशित एउटा फरक शैली अनि रेस्क्यू क्रियशनको महत्वकांक्षी एल्वम ‘सौभाग्य’मा समेटिएको म्यूजिक भिडियो यतिबेला नेपाली संगीत बजारमा निकै नै चर्चा मा छ ।  ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु