सौरभीले भनिन् ‘के यो माया हो ?’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७१, बिहीबार

काठमाडौं, २३ असोज । गायिका सौरभी गुरुङले आफ्ना भूल, सम्झनाका क्षणहरुलाई प्रतिउत्तरमा के यो माया हो ? भन्दै प्रश्न गरेकी छिन् । बाटो भुलेजस्तो लाग्छ, आफू हराएजस्तो लाग्छ के यो माया हो ? भन्दै उनले आफ्नो मनोभावनाहरुलाई पोख्न सफल भएकी छिन् । सुत्र इन्टरटेनमेन्टबाट भर्खरै रिलिज गरिएको उनको गीत के यो माया हो ? यूट्यूबमा डाउनलोड हुने क्रममा तीब्र गतिमा अगाडि बढिरहेको छ । सुमन र रिकेश गुरुङको शब्द तथा संगीत रहेको यस गीतमा गायिका सौरभीले स्वर दिएकी छिन् । यस म्यूजिक भिडियोलाई केशव खड्काले निर्देशन गरेका हुन् भने यसमा ज्ञानु र मुस्कानको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु