स्त्रीको सडक प्रेम

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७१, मंगलवार

काठमाडौं । अभिनेत्री पुजना स्त्रीको सडक प्रेम सार्वजनिक भएको छ । स्त्रीले निर्माण गरेको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएपछि उनको सडकप्रेम छर्लङ्ग भएको हो । अभिनेत्री पूजना स्त्रीको सडक बालबालिकासँगको प्रेमभाव चलचित्र चकलेटमा देखाइएको छ भने अभिनेता आयुष्मान गौण छन् ।
पुजनाकै लगानी रहेको चलचित्र निर्माणमा उनलाई खुश्वु गुरुङ, केशव तामाङ र प्रितिमाया गुरुङले साथ दिएका छन् । चलचित्रले सडक बालबालिकाहरुको कथा बोल्ने निर्माण युनिटले बताउँदै आएको छ ।
हाँस्य कलाकार निर्मल शर्मा ‘गैँडा’को डेब्यु निर्देशन रहेको चलचित्र ‘चकलेट’मा पुजनासँगै आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे, सुनिता ठाकुर लगायतका कलाकारहरुको अभिनय रहेको छ । अझै पनि रिलिज डेट फाइनल नभएको चकलेटलाई प्रचारप्रसारमा भने निकै ध्यान दिने बताईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु