स्पट ब्वाइदेखि निर्देशकसम्म विक्रम

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७४, आईतवार

२ पुष, काठमाडौं । आजभोलीको जमाना भनेको गीत सुन्नेको भन्दा पनि हेर्नेको बनेको छ । गीतलाई म्यूजिक भिडियो बनाइएन भने कसको गीत, कस्तो गीत भन्ने चलन बसिसकेको छ । आजभोलि दैनिकजसो दर्जनको हाराहारिमा म्यूजिक भिडियोको निर्माण भइरहेको हुन्छ । छायाँकार, निर्देशक, मोडलहरुको व्यस्तता देखेर नेपाली संगीत बजार किन आरोलोतर्फ लागेको होला भन्ने सोच्न सकिन्छ ।


पछिल्लो समयमा म्यूजिक भिडियोमा लगानी गर्नेहरु धेरै छन् । दिनहुँ निर्माण हुने म्यूजिक भिडियोहरुको संख्यामा निर्देशकहरुको ठूलो भिड पनि छ । यहि भिडमा छोटो समयमा परिचित निर्देशक बन्न सफल भएका छन्–बिक्रम चौहान । पछिल्लो समयमा म्यूजिक भिडियोमा निर्देशनमा उनको राम्रो छाप परेको छ । बिक्रम १ दिनमा प्राय २ वटा म्युजिक भिडियो निर्देशन गर्छन् । उनि अहिले पुरुष मोडल तथा डान्सरका लागि कसैले अफरलाई पनि स्विकार्दै आफै नाँच्छन्, आँफै मोडलिङ गर्ने गरेका छन् । यतिबेला उनको परिचय निर्देशक मात्र नभएर मोडल, डान्सर पनि थपिएको छ ।
सुदुरपश्चिमाञ्चलमा जन्मिएर काठमान्डौलाई कर्मथलो बनाउदै गरेका उनी अहिले सफल निर्देशक बन्न पुगेका छन् । १६ वर्षको उमेरमा काठमाडौं प्रवेश गरेका विक्रमको रहर भने नायक बन्ने थियो । तर काठमाडौंमा छिरेपछि आर्थिक अवस्था र अपरिचित समयले नायक बन्न दिएन । उनी स्पोट ब्याइ, मेकअप म्यान हुँदै द्वन्द्व निर्देशनतिर लागे । विस्तारै आफूलाई काठमाडौंको वातावरणमा घुलमिल बनाउँदै गएपछि कृष्ण फिल्म्समा नृत्य सिक्दै र सिकाउँदै गरेर आफूलाई म्यूजिक भिडियोमा नायक र निर्देशक बनाउन सफल भए । गीतहरुको म्युजिक भिडियोमा साइड डान्सरबाट काम गर्दै सिक्दै आएका उनी अहिले आफै प्रोडक्सन हाउस चलाएर बसेका छन् । पुतलीसडकमा रहेको बि. स्टार फिल्मस्बाट विक्रमले म्यूजिक भिडियो निर्माणको काम गर्दै आएका छन् ।


बिक्रम निकै मेहनेतका साथ यहाँसम्म पुगेको बताउँछन् । निर्देशक शंकर बि.सी.को डान्स सेन्टरमा डान्स सिक्दै अनि सिकाउँदै अगाडी बढेको र अहिले सफल निर्देशक तथा मोडल बनेका बिक्रम अहिले महिनामा ५० भन्दा बढी गीतहरुको सुटिङ्ग गर्छन् । दिनहुँ फरक फरक कालाकारहरुलाई अभिनय सिकाउने र नचाउने काम गरिरहेका छन् । उनले निकै नामचलेका स्थापित चर्चित डान्सरहरुलाई समेत नचाई सकेका छन् ।


पछिल्लो समय दर्शकहरुको रोजाइ अनुसारको म्यूजिक भिडियो बनाउनुपर्ने भएकाले विक्रम यो कुरालाई ध्यान दिएर निर्देशनमा अगाडि बढेका छन् । विक्रमले दुई वर्षको अवधिमा आधुनिक, लोकदोहोरी ,लोकपप र पप गरि करिब ६०० भन्दा बढी भिडियो निर्देशन र १०० वटा भन्दा बढी भिडियोमा अभिनयसमेत गरेका छन् । एक दर्जन नेपाली तथा भोजपुरी चलचित्रमा कोरियोग्राफरको भूमिका समेत निर्वाह गरिसकेका विक्रमले चलचित्र “टाइम नेभर कम ब्याक” मा नायकको भूमिकासमेत निर्वाह गरेका छन् । उनले निर्देशन गरेका गीतहरु ओके छ त, हावा सरर, साउदी मलेसिया, मादलु तालैमा, झम्के साझैमा, दुनियाँले तारिफ गर्ने, रातो गुन्यू चोली, तिम्रो माया जाल, बिर्सेको त छैन मैले, मन पग्ले माया, माइतीघर, साहै्र मन पराउनी लगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु