स्पेनमा तुलसी शिवाकोटीको साथमा ‘नव वर्ष सांस्कृतिक साँझ’ हुँदै

म्यूजिक खबर
प्रकाशित: ३१ चैत्र २०७३, बिहीबार

स्पेन । गैर आवसिय नेपाली संघ क्षेत्रिय समिति म्याड्रीले ‘नयाँ वर्ष २०७४’ को स्वागत गर्नलाई सांस्कृतिक तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ । नयाँ वर्षको उपलक्ष्यमा कलाकारहरु एकजुट हुने र शुभकामना दिने उदेश्यले आयोजना हुने कार्यक्रममा युरोपका ख्याती प्राप्त गायक तुलसी शिवाकोटीको साथमा स्थानिय अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी क्षेत्रिय समिति म्याड्रीले दिएको छ ।Tulsi Siwakoti
उक्त कार्यक्रम सफल बनाउनको लागी तपाईहरुको साथ र सहयोगको सधै अपेक्षा र आशा गरिएको छ । नेपालीहरु सदैब भैपरि आउने दैवि प्रकोप चाडपर्व संस्क्रितिमा एकजुट हुने बानी भएकाले नयाँ वर्षको पावन अवसरमा गरिने कार्यक्रममा पनि कलाप्रेमी, राष्ट्रप्रेमीको उपस्थिति हुनेछ भन्ने रहेको र कार्यक्रम हर्षोल्लासका साथ मनाइनेमा आयोजनक पुर्ण विश्वस्थ रहेको छ । साथै उक्त कार्यक्रमको लागी यसै सुचनामार्फत सबैमा हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रम निम्न मिती र स्थानमा हुनेछ ।

मिती :- April 16(Sunday)
समय :- साँझको ३:३०बजे (१५:३०)
स्थान :-Paseo de los melancólicos 11, cuarta planta
metro: puerta de toledo L5

प्रवेश शुल्क :-
प्रतिव्यक्ति – १५ €
बिवाहित जोडी – २५€
१०-१६ सम्मका बालबालिका – १०€
१० देखि मुनिका बालबालिका – निशुल्क

(नोट:- आफुले नाच्ने, गाउनेको गित तथा ट्र्याक मोबाईल तथा पेन ड्राइवमा सुरक्षित राख्नुहोला साथै अन्य आफ्नो प्रतिभा देखाउनको लागी
पल्लव चाम्लिङ्ग  +34602031495)
उपेश थापा  +34632916394) लाई सम्पर्क गर्नुहोला – )

(खानाको लागी विशेष क्याटरिङको ब्यवस्था गरिएको छ)

रोशन पाठक

अध्यक्ष
गैर आवसिय नेपाली संघ
क्षेत्रिय समिति म्याड्रीड परिवार

साथै आगामी महिना मे ७ तारिख आइतबार यस एन आर एन म्याड्रीड को क्षेत्रीय अधिबेशनको जानकारी पनि गराउदछौ। अप्रिल अन्तिम साता अधिबेशन तयारी समिती बनाइ अधिबेशन तालिका यसै भाइबर ग्रुप मा सुचना प्रकाशित गरिनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु