स्रोताको मन जित्ने शान्ताको बाचा

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७२, सोमबार

काठमाडौं । गायिका शान्ता जिसीले गाएका आधुनिक गीतहरुको गीति संग्रह ‘बाचा’ सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ । संगीतकार शक्ति बल्लभ, गीतकार डा.कृष्णहरी बराल, संगीतकार सन्तोष श्रेष्ठसहितको समुहले सात वटा गीतहरु संग्रहित एल्बम सार्वजनिक गरेको हो ।
समारोहमा गीतकार डा.कृष्णहरी बरालले गायिका शान्ता जिसीको गायन प्रतिभाको प्रसंसा गरेका थिए । प्रमुख अतिथी संगीतकार शक्ति बल्लभले नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतले पाएको लोकप्रियताको प्रसंसा गर्दै ‘बाचा’ एल्बममा समावेश गीतले स्रोताको मन जित्ने आशा व्यक्त गरे ।
समारोहमा गायिका जिसीले विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहे पनि गीति एल्बम तयार पार्न समय लागेको स्पष्ट पारिन् । केही वर्षदेखि श्रीमान्संगै जापानमा बसोबास गर्दै आइरहेकी गायिका जिसीले बुटबलको बागेश्वरी संगीतालयबाट संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेकी हुन् । ‘बाचा’ एल्बमलाई बागेश्वरी संगीतालयले नै प्रस्तुत गरेको हो । एल्बमका केही गीतमा गायिका जिसीका सांगीतिक गुरु सुरेश सेन्चुरीको शब्द तथा संगीत पनि सुन्न सकिन्छ।

Bacha_Bimochan_1
एल्बमका गीतका डा.कृष्णहरी बरालले रचना गरेका दुई वटा गीतहरु समावेश छन् । ती मध्ये ‘बाचा बाचा…’ गीतको म्युजिक भिडियो समारोहमा प्रिमियर गरिएको थियो । एल्बमका अन्य गीतमा सन्तोष श्रेष्ठ तथा बीबी अनुरागीको संगीत निर्देशन छ भने सुमन श्रापित, शोभा पुन, कमला क्षेत्री तथा सुरेश सेन्चुरीले पनि एल्बमका गीत रचना गरेका छन् ।

baral_bb anuragi santosh-krishnahari baral

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु