स्वरुप र निखिता उत्कृष्ट गायकगायिका, रसिकलाई लाइफटाइम

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७२, आईतवार

१७ औं इमेज अवार्डमा स्वरुपराज आचार्य र निखिता थापा उत्कृष्ट गायक गायिका बन्न सफल भएका छन् । मनमोहिनी एल्बमको शीर्ष गीतबाट स्वरुपराजले उत्कृष्ट सुगम संगीततर्फको गायकको अवार्ड चुमेका हुन् भने निखिता थापाले सधैं सुन्न पाऊँ बोलको गीतबाट अवार्ड चुमेकी हुन् । विभिन्न २३ विधामा प्रदान गरिँदै आइएको उक्त अवार्डमा वरिष्ठ गीतकार, गायक तथा संगीतकार गणेश रसिकलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै संगीतकारको अवार्ड भने हरि लम्सालले ‘सधैं सुन्न पाऊँ’ बाट जिते । राष्ट्रिय भावनाले ओतप्रोत गीतमा भने ‘उठौं उठौं देश निर्माणमा…’ गीतले अवार्ड पायो । शब्द रचनातर्फको अवार्ड राजाबाबु श्रेष्ठको गीत ‘सोचेजस्तो भए जीवन…’ उत्कृष्ट भयो ।

त्यस्तै गायिका निखिता र सुरज कुमार थापाले समूह गायनमा समेत उत्कृष्ट हुँदै ‘तिम्रै आँखाको गीत’ बाट अवार्ड चुमे । त्यसैगरी, अवार्डमा फिल्म ‘रेशम फिलिली’ को जालमा शीर्षकको ‘पारी त्यो डाँडामा…’ गीतले ३५ प्रतिशत मत पाएर यस वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड जित्न सफल भयो । त्यसो त उक्त गीतले फिल्म संगीत विधामा पनि प्रतिस्पर्धीलाई पछि छोड्यो । त्यस्तै पप गायनको विधातर्फ भने गायक अमीर शेख र गायिका मिलन अमात्य भाग्यशाली रहे ।

म्युजिक भिडियोतर्फको खण्डमा उत्कृष्ट भिडियोको अवार्ड गायिका इन्दिरा जोशीको ‘आशा अझै मरेको छैन…’ गीतले जित्यो भने उत्कृष्ट म्युजिक भिडियो निर्देशन स्वर्गीय आलोक नेम्बाङका नाममा गयो । भिडियो सम्पादनमा लोकेश बज्राचार्य र छायांकनमा धीरजजंग शाहले यस वर्षको इमेज अवार्ड जिते ।

लोकदोहोरी खण्डतर्फ शकुन्तला थापाको गीत ‘रातो पछ्यौरी अनि तातो पछ्यौरी…’ ले उत्कृष्ट लोकदोहोरी गीत बन्न सफल भयो । त्यस्तै राजन ठकुरीको लोकगीत ‘के लैजानु छ र मरेर…’ उत्कृष्ट बन्न सफल भयो भने विरही कार्कीको ‘जूनकिरी…’ गीत उत्कृष्ट दोहोरी गीत ठहरियो । उत्कृष्ट लोकगीत गायनमा राजु परियारको ‘आमा तिम्रो दूधको धारा…’ ले अवार्ड चुम्यो । नवप्रतिभा विधाको अवार्ड ‘भीडमा मान्छेहरूको भीडमा…’ गीतबाट योगेन्द्र उपाध्यायले चुम्न सफल भए । ध्वनि मुद्रणतर्फ किशोर थापाले ‘किन लायौ माया परदेशी…’ बाट अवार्ड चुम्दा संगीत संयोजनको अवार्ड फणिन्द्र राईले ‘यता गल्ली उता गल्ली…’ बाट अवार्ड उचाले ।

dipendra dangol
इमेज अवार्ड आयोजक इमेज च्यानलका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने स्रष्टा र सिर्जनालाई भविष्यमा पनि निरन्तर सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

kishor thapa

award image

rajan-birahi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु