हङकङमा अक्टोबर १८ अर्थात कार्तिक १ मा हुने नेफ्टा अवार्डको सातौँ संस्करण

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७१, बिहीबार

काठमाडौं ।  नेफ्टा अवार्डको सातौँ संस्करणका लागि गत शुक्रबार हङकङ तर्फ उडेको टोलीले मंगलबार एक कार्क्रमका बीच हङकङमा पत्रकार सम्मेलन गर्दै सातौँ संस्करणको अवार्डको लागि मिति तय गरेको छ । अवार्ड अब अक्टोबर १८ कार्तिक १ मा हुने भएको छ । निर्माता सुनिल कुमार थापा सहित नेफ्टा अध्यक्ष मनोज केसी र अवार्ड कोर्डिनेटर बाबुराम दाहालले एक कार्यक्रमका बीच हङकङमा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरेका थिए ।

बिबाद रहित भव्य रूपमा कार्यक्रम सफल पार्ने उद्देश्यका साथ् अवार्डको मिति सार्बजनिक गरेका हौ ू अध्यक्ष मनोज केसीले बताएका छन् । यता हङकङमा अवार्ड गर्न पहल गरिरहेका निर्माता सुनिल कुमार थापाले अवार्डलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आफ्नो गहन जिम्वेवारी रहेको भन्दै जुनकुनै हालतमा सफल पारेरै छाड्ने बताए ।
कार्यक्रमको स्थान पनि निर्धारण भईसैको बताएको छ आयोजक टोलीले । टोलि अब बुधबार बेन्कक जाने भएको छ ।यस्तै नेपालबाट जाने कलाकार र प्राबिधिकको बसोबास र खानपिनको उचित ब्यवस्था गर्न स्थानिय आयोजकसँग सहकार्य गर्ने बताएको छ आयोजक सस्थाले ।

यसघि मलेसियामा अवार्ड गरेको नेफ्टाले यस पटकको अवार्ड अझै भव्य हुने दाबी गरेको छ । अवार्डको खर्च करिब डेढ करोड हुने आयोजकको अनुमान छ । उक्त रकम मध्ये आधा जसो नेपालको आयोजक र बाँकि हङकङको स्थानिय आयोजकले बेहोर्ने बताईएको छ ।

nefta award (1) nefta award (3)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु