हट मोडल सुस्मिताका हट पोजहरु

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७३, मंगलवार

सुर्य चन्द


काठमाडौँ । ग्लामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत नब मोडल सुस्मिता गुरुङ । ‘आफुलाई हट एण्ड सेक्सी’ मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फोटोसुटहरु पनि त्यस्तै गरेकी छिन् । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन् ।

पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् । त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन् । नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन् । मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो ।

आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छीन् भने सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ ।

भर्खरै मात्र मोडल तथा गायिका तृष्णा बुढाथोकीको गीतमा मोडलिङ गरेर चर्चा कमाएकी हट मोडल सुस्मिता आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउँछिन् ।

म्यूजिक खबर फेसमा हेरौ उनै हट मोडल सुस्मिताका हट पोजहरु :

hot-model1

hot-model

susmita-hot model

hot model4

hot model 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु