हमाल म्यूजिक बैंकमा व्यस्त

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । चर्चित तथा लोकप्रिय गायिका राधिका हमाल यतिखेर म्यूजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो संचालनमा व्यस्त छिन् ।  देशदेखि विदेशसम्मको महोत्सवहरुमा राधिकाको जवानी गीतसँगै ढल्किने गथ्र्यो । कुनैबेला एकछत्र राज गर्न सफल भएकी गायिका हमाल यतिबेला भने गायनको सँगसँगै रेकर्डिङ स्टुडियो संचालन गर्दै आएकी छिन् । म्यूजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो सञ्चालन गरेको धेरै भएको छैन तर कामको चाप अत्याधिक छ । जसरी आफ्नो स्वर तथा प्रस्तुतीलाई मन पराइयो, माया गरीयो त्यसरी नै म्यूजिक बैंक नेपाललाई पनि सबैले माया गर्नुहुनेछ भन्नेमा उनी ढुक्क छिन् । ‘म्यूजिक बैंक नेपालले गीतसंगीतमा गुणस्तरीय सेवा प्रदान गर्नेछ, विश्वसनीय रुपमा गीतसंगीतको रेकर्डिङदेखि प्रबद्र्धनको काम पनि गर्ने भएकाले आफू र आफ्नो स्टुडियोलाई सम्झिन उनी सबै संगीतकर्मीलाई आव्हान गर्छिन् । गुणस्तरीय सेवा दिनका लागि आफु सदैब तयार रहेको र सेवाका लागि कुनै सम्झौता नगर्ने भएकाले पनि छोटो समयमा यति व्यस्त भएको उनको जिकीर छ ।

krihsna pun
अहिले पनि विहानदेखि राति १२ सम्म गीत रेकर्डिङको कार्य हुने गरेका छन् । गायिका राधिकाका अनुसार राति रेकर्डिङका लागि लोक, आधुनिक, पपलगायत यतिबेला तिजका गीत रेकर्ड गर्न आउनेको भीड छ । उनको स्वरमा गीत रेकर्ड गर्न आउनेहरुको पनि उत्तिकै भीड हुने गरेको छ । म्यूजिक बैंक नेपालको व्यस्ततासँगै गायिका हमाललाई पनि थप व्यस्त बनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु