हरिरामको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७५, मंगलवार

११ बैशाख, काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघ गोरखाको नेतृत्वमा गायक हरिराम परियार चयन भएका छन् । संघको प्रथम अधिवेशनबाट अध्यक्षमा लोक दोहोरी गायक हरिराम परियार निर्बिरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, २७ सदस्यीय समितिको दूई उपाध्यक्षमा सुजन परियार र सुबास थापा निर्वाचित भएका छन् भने संघको सचिबमा पनि लोक दोहोरी गायक सन्तोष दवाडी निर्वाचित भएका छन् ।


सह–सचिबमा लोक दोहोरी गायीका सुलिना गुरुङ निर्बिरोध निर्वाचित भएकी छिन् भने कोषाध्यक्षमा मुस्कान श्रेष्ठ र सहकोषाध्यक्षमा रमेश परियार निर्वाचित भएका छन् । सदस्यहरुमा प्रचन अधिकारी, चित्र गुरुङ, खेमराज तिवारी, तुलाराम बिरही लगायत रहेका छन् । गोरखाली कलाकारको बाक्लो उपस्थितीमा भएको कार्यक्रमको प्रमुख अथिति चर्चित लोक दोहोरी गायक एवं संघका निवर्तमान अध्यक्ष रेशम थापा रहेका थिए । थापाले सस्थाको बारेमा मन्तब्य राख्दै सधै आफु सम्पूर्ण कलाकर्मीको हितमा लाग्ने प्रतिबद्धता जाएर गरेका थिए ।


संघको गोरखा शाखाको सल्लाहकारमा भने गायक सागर गुरुङ, गायक दिपसगर थापा, गीतकार÷पत्रकार सुमन पण्डित, पत्रकार विकास भट्टराई र राजु परियार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु