हरिले जानकीलाई धोका दिए (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार

काठमाडौं । आफ्नो पेशामा सफल भए पनि सबै मायाप्रेममा सफल हुन सक्दैनन् । गीतकार संगीतकार जानकी पन्तको पनि मायाप्रेम सफल हुन सकेन । आफ्नो ब्वाइफ्रेन्डका रुपमा खडा भएका हरि तिमिल्सिनाले धोका दिएपछि जानकी स्वार्थी मायामा तड्पिएर रुनुबाहेक अरु केही उपाय नभएको बताएकी छिन् ।

janaki_hari-timilsina-2

 यो माया प्रेम र धोकाको कुरा सबै म्यूजिक भिडियोका हुन् । गीतकार तथा संगीतकार जानकी पन्तको पहिलो एल्बम संघारमा रहेको गीत ‘बाचा त गरेँ अब रुन्न भनेर’ को म्यूजिक भिडियोमा देखिएका घटनाक्रम हुन् । बाथरोगको उपचारको क्षेत्रमा क्रियाशील रही आएका हरि तिमिल्सिना र गीतसंगीतकै क्षेत्रमा लागिपरेकी जानकी पन्त र रविनाको अभिनय रहेको यस म्यूजिक भिडियोलाई भर्खरै मात्र सार्वजनिक गरिएको हो । रोजल थापाको निर्देशन, वीरेन्द्र भट्टको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । गायिका दुर्गा खरेलको स्वरमा सजिएको यस गीतको संगीतकार एवं गीतकार जानकी स्वयम् हुन् । म्यूजिक भिडियोलाई कम्पन म्यूजिकले निर्माण गरेको हो ।

janaki_hari-timilsina-14

janaki_hari-timilsina-11

janaki_hari-timilsina-6

janaki_hari-timilsina-19

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु