हलिउडको हिरो हुने सपना बोकेका कोइराला राजनीतिक हिरो भएर अस्ताए

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७२, बुधबार

राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका पक्षधर पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाको असमायिक निधनको खबरले मुलुक यतिबेला शोकमा डुबेको छ । नेपाली कांग्रेस पार्टी, नेता तथा कार्यकता माथि मात्र क्षती नभई समस्त मुलुकबासीले नै यतिबेला असल अभिभावक गुमाएको अभिव्यक्ति दिंदै आएका छन् । बाँचुन्जेल आफ्नो सम्पूर्ण जिवन मुलुकलाई नै समर्पण गरेका कोइराला आज हामी माझ नभएता पनि उनले भनेका र गरेका कामहरुले उनलाई सँधै अमर बनाइरहनेछन् । नेपाली राजनीति इतिहासमा सफल, सरल, पुरुष कोइरालाले राजनीतिमा देखेका सपना पुरा भए वा भएनन् तर सांस्कृतिक क्षेत्रमा देखेका एउटा सपना पुरा हुन सकेन । नाम जस्तै शुशिल जिवन बिताएका कोइराला कुनै बेला हलिउडको हिरो हुन्छु भन्ने सपना बोकेर पनि हिंडेका थिए । कुनै पनि फिल्म इष्डष्ट्रिमा  हिरो बन्ने उनको सपना पुरा नसकेता पनि उनले नेपाली फिल्म तथा सांस्कृतिक क्षेत्रप्रति देखाएको चासोलाई पनि बिर्सन मिल्दैन ।

bp_sushil

उनीसँगको भेटघाटमा फिल्मकर्मीहरु पनि यही कुरालाई पाउँथे ।  वरिष्ठ फिल्मकर्मी यादव खरेलले कोइरालाको हलिउड हिरो बन्ने सपनाको बारेमा आफूले सुनेपछि उनिसँग सल्लाह गरेर नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनको विषयलाई समेटेर एउटा फिल्म निर्माण गर्नका लागि प्रस्ताव राखेको बताएका छन् । उक्त  फिल्ममा बीपीलाई मुख्य पात्र बनाएर काम गर्ने योजना बनाइएका जसमा कोइराला  सहमति भइसकेका थिए ।  स्व. कोइरालाकै संयोजकत्वमा बीपीका पुत्र श्रहर्ष कोइराला सदस्य सचिव रहेको फिल्म निर्माण समिति समेत बनाइसकिएको थियो । फिल्म बनाउनका लागि बीपीको प्रजातान्त्रिक आन्दोलनको दस्तावेज खोज्ने काम पनि सुरु भएको थियो ।  तर पछि त्यो काम अगाडि बढ्न नै सकेन । उनले कोइरालाको निधनले नेपाली कला क्षेत्रलाई क्षति पुगेको बताए । कोइरालाले वीपिको कथामा फिल्म बनाउने विषयमा चासो पनि देखाएको उनको बुझाई छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई कोइरालाले फिल्म क्षेत्रमा निकै चासो देखाएको अनुभव सुनाउँछन् । उनले आफूसँगको भेटघाटमा कोइरालाले आफ्नो कला क्षेत्रको चासोबारे बताउने गरेको खुलाए । ‘उहाँ हलिउडमा हिरो हुन्छु भनेर २० वर्षसम्म भारतमै बस्नुभयो, उहाँले मलाई त्यो बेला आफूले नाटक लेख्ने गरेको कुरा सुनाउनुहुन्थ्यो,’ राईले सम्झिए, ‘नेपालमा रहँदा हामी फिल्मकर्मीहरुले समय माग्दा तुरुन्तै समय दिनुहुन्थ्यो, जुन देशमा कला र संस्कृतिको विकास हुन्छ, त्यो देशको विकास हुन बढी समय लाग्दैन भन्ने विचारधाराको हुनुहुन्थ्यो । आफू प्रधानमन्त्री भएकै बेला कोइराला जननायक बीपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ माथि बनेको फिल्म ‘तीन घुम्ती’ हेर्न जय नेपाल हल आएका थिए । फिल्मको निर्देशन बाबुराम ढकालले गरेका हुन् । पूरै समय फिल्म हेरेका उनले फिल्मकी प्रमुख नायिका गरिमा पन्तसँग पनि भलाकुसारी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु