हाइ स्केल भएकाले गीत गाइनँ : अन्जु (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७१, सोमबार

काठमाडौं, २३ भाद्र । केहि दिन अगाडि गायिका अन्जु पन्तले दुर्गा माताको आशिर्वाद नामक गीत नगाएकै कारण एकाएक उनको बारेमा बजारमा विभिन्न टीकाटिप्पणी भएका थिए । उनले गीत नगाएका कारण उनीप्रति विभिन्न आरोप प्रत्यारोप पनि लगाइएका थिए । तर उनले आफूले आफ्नो जीवनमा लागू नहुने गीत भएकाले नगाएको बताउँदै आएकी थिइन् । त्यसपछि शिव सेना नेपालले उनको गीतलाई ब्याण्ड गर्नुपर्ने भन्दै विभिन्न संचारमाध्यमलाई दबाब दिन थालेपछि शिवसेना नेपालसँग आइतबार भने हाइस्केल भएर नगाएको भनेर स्पष्टिकरण दिएकी छिन् । आफू विरामी परेको र हाइस्केल भएर नगाएको भन्ने उनको अभिव्यक्तिले अन्ततः उनलाई घुँडा टेकाएको छ भन्दा फरक पर्दैन ।
उनले आइतबार शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतसंगको भेटमा अन्जुले भनिन – “ मलाई सन्चो थिएन त्यसैले मेरो दिदीको छोराले मलाई स्टुडियोसम्म पुराएको थियो  | मलाई गीत कस्तो छ भन्ने थाहा नै थिएन, स्टुडियोमा गएपछि गीत सुन्दा स्केल हाइ रैछ,  मेरो घाटिले साथ दिएन अनि गाउन सकिन अर्को दिन गाउछु भाई भनेर घर फर्किएं  तर घर फर्किन नपाउदै अनेक प्रकारका हल्लाहरु सुन्नु पर्यो | मैले दुर्गा माता शब्द भएकै कारण गीत नगाएकी हैन |” आफुले सबै धर्मलाई समान आँखाले हेरेको बताउदै अन्जुले थपिन – “ म जुन संस्कारमा हुर्कें, मैले आज पनि हिन्दु धर्मलाई उत्तिकै सम्मान गर्दछु |” अन्जु यी सबै कुरा भन्दै गर्दा गम्भीर मुद्रामा देखिन्थिन | शिवसेना नेपालले अन्जुका सम्पूर्ण कार्यक्रममा अबरोध गर्न अपिल गरेको हुनाले उक्त अपिल फिर्ता लिन अनुरोध गर्दै अन्जुले आफुले गर्दा हिन्दु धर्माबलम्बीहरुलाई चोट परेको भए क्षमा दिनुहुन पनि आग्रह गरेकी छन् | आखिर समाज अनुसार चल्नुपर्छ र बल्ल मात्र गायक गायिका अस्तित्व रहन्छ भन्ने कुरा अन्जुको यो घटनाले सबैलाई प्रष्ट बनाएको छ ।

[youtube]https://www.youtube.com/watch?v=VbBSwzjrmnA[/youtube]

[youtube]https://www.youtube.com/watch?v=jIGH9-Nasss[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु