हामी माझ रहिनन्, बाल–कलाकार काजल !

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७४, शुक्रबार

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कृष्णा परियार तथा र गायक एवं संगीतकार तथा सामाजिक अभियन्ता रामजी नेपालीकी छोरी, बाल कलाकार काजल नेपालीको निधन भएको छ ।

प्रतिभाका धनी काजलको विहीबार राती उपचारकै क्रममा अन्तर्राष्ट्रीय बाल मैत्री अस्पतालमा निधन भएको हो ।

नेपाली गीतसंगीतको क्षेत्रमा बालकलाकारको रुपमा अभिनय गर्दै आएकी काजल २०६८ सालदेखि म्युजिक भिडियोहरुमा देखिँदै आएकी थिइन् ।

काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन ।

आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हाँसेरलगायत म्युजिक भिडियोमा अभिनय गरेकी काजल केही वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन ।

यस दुःखद घडिमा म्यूजिक खबर परिवार गहिरो शोक व्यक्त गर्दछ । सोकाकुल परिवारजन प्रती धैर्यधारण गर्ने शक्ति मिलोस्, काजलको मृत आत्मालाई शान्ती मिलोस् । हार्दिक श्रद्धाञ्जली काजल ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु