हिमाल र बेलिमायालाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भाद्र । लोकदोहोरी गायक हिमाल घले र गायिका बेलिमाया गुरुङलाई ड्रिमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्यूटले सम्मान गरेको छ । गत शनिबार इन्स्टिच्यूटको आफ्नै प्रांगणमा घले र गुरुङ राष्ट्रिय लोकदोहोरी अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल भएका कारण अवार्ड चुम्ने सफलताका साथ सम्मान गरिएको हो ।
यो संसार बोल्नेहरुको मुठ्ठीमा छ भन्ने मूल नाराका साथ संचालन गरिरहेको ड्रिमप्वाईन्ट एजुकेशनल एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूट प्रा.लि.ले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रम २०७१ का अवसर पारेर गायक घले र गायिका गुरुङलाई सम्मान गरेको हो । ड्रिमप्वाईन्टद्वारा संचालन गरिएको १५ दिने भाषणकला कार्यक्रममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
ड्रिमप्वाइन्ट नेपालका कार्यकारी अधिकृत शंकर कुमार प्रधानको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि भने सोही इन्स्टिच्यूटबाट प्रशिक्षण लिएका ज्येष्ठ व्यक्तित्व तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान, ललितपूरका उपसभापति तथा बैंक अफ काठमाडौंका बोर्ड सदस्य बलराम न्यौपाने रहेका थिए । भाषणकला, उद्घोषणकला, व्यक्तित्व विकास, नेतृत्व विकास, स्मरणशक्ति बृद्धि र अन्र्तवार्तामा पोख्त बनाउने हिसावले प्रशिक्षण दिँदै आएको ड्रिमप्वाइन्टले आयोजना गरेको उक्त कार्यक्रममा दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा गायिका सुनिला गुरुङले काठमाडौंमा पशुपतिनाथ जस्ता आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् । त्यस्तै साहित्यकार होमराज श्रेष्ठले उत्कृष्ट तथा मर्मस्पर्शी छन्द कविताहरु सुनाएका थिए । कार्यक्रममा सभाध्यक्ष तथा प्रशिक्षक शंकर कुमार प्रधानले उपस्थित सबै जनालाई धन्यवाद एवं शुभकामना दिदै यस प्रशिक्षणले हरेक व्यक्तिमा लुकेर रहेको आन्तरिक विशाल क्षमतालाई पत्ता लगाईदिएर आवश्यक मार्ग प्रदान गर्न सफल रहेको जानकारी गराएका थिए । संस्थाले प्रदान गरेको प्रमाणपत्र उच्च सम्मान गर्दै सिकेका कुराहरुलाई अधिकतम व्यवहारमा लागू गरि एक आत्मविश्वासी, प्रभावशाली तथा सशक्त व्यक्तित्व निर्माण गर्न २४ घण्टा हप्ताको सातै दिन क्रियाशील रहने हिसावले अगाडी बढ्नुपर्ने श्रेष्ठले बताए ।

DSC_0111 dreampoint_nepal (8)

dreampoint_nepal (7) dreampoint_nepal (6) dreampoint_nepal (5) dreampoint_nepal (4) dreampoint_nepal (3) dreampoint_nepal (2) dreampoint_nepal (9) dreampoint_nepal (1)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु