हिरा बुढाथोकी र सारा पुनको ”आँसुको मूल फुट्ने पक्का भो” (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७४, आईतवार

वैशाख २४, जापान । म्याग्दीका कलाकार हिरा बुढाथोकी र सारा पुनले पन्चेबाजा दोहोरि गीत बजारमा ल्याएका छन् । गाएक तथा सर्जक खेम पुनको लय तथा शब्द सृजनामा कन्चन सुशील म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त म्युजिक भिडियो शुक्रबार जापानको खान्नाइ सहर स्थित सन् राइज रेष्टुरेण्ट्मा एक कार्यक्रमबीच बिमोचन गरिएको हो ।

समाजसेबी दतिवल खड्काको प्रमुख आथित्य तथा पत्रकार तिलक मल्लको स्वागत मन्तब्य रहेको कार्यक्रममा जापानमा कार्यरत नेपालीहरुको बाख्लो सहभागी रहेको थियो। समाजसेबी खड्का र उक्त गीतका गायिका सारा पुनले म्युजिक भिडियोको डिभिडी सार्बजनिक गर्नुका साथै बिन्ध्याबासिनी म्युजिक प्रा.लि.को यूट्युब च्यानलमार्फत औपचारिक रुपमा अनलाइन तथा अन्य माध्यमबाट बजारमा आएको जानकारी गराइएको थियो ।Aasuko mul

कन्चन सुशील म्युजिक प्र.लि.द्वारा बजार ब्यबस्थापन भएको यस पन्चेबाजा गितको एरेन्ज संगीतकार झलक संगीतमले गरेकाछन भने अडियो रेकर्ड काठमाण्डौको अनामनगर स्थित आलाप डिजिटल रेकर्डिङ्ग स्टुडियोले गरेको हो । यस गीतको म्युजिक भिडियोको दृष्य निर्माण भने तारानाथ आचार्यको निर्देशन तथा गणेशसापकोटाको छायांकनमा पोखरा स्थित सफल फिल्मस् प्रा। लि। ले गरेको छ म्युजिक भिडियोमा इश्वर सिंह र अनिता परियारले अभिनय गरेका छन् ।

कुनै समय जापानको नेपाली कार्यक्रमहरुमा दोहोरि गाएर स्थानिय कलाकारको रुपमा परिचित पुनको औपचारिक रुपमा गीत रेकर्ड भएको यो पहिलो हो । आफुलाई बाल्यकाल देखि नै गीत संगीत प्रति रुचि भएको भएपनि सहज वातावरण र पारिवारिक सहयोग नमिलेकोले यसअघि गीत रेकर्ड हुन नसकेको उनको भनाइ छ ।

रहर पु¥याउन हिरा बुढाथोकी र खेम पुन भाइको सहयोगमा यो गीत रेकर्ड भयो अब दर्शकले कस्तो छ भन्ने प्रतिक्रिया दिनुहोला नि ! लामो हाँसो सहित पुनले आफ्नोधारणा ब्यक्त गरिन् । साथै पुनले आफ्नो पहिलो प्रयासलाई संचारमाध्यमबाट दर्शक स्रोता समक्ष पुर्याइदिन संचार क्षेत्रमा आवद्व संचारकर्मी र पत्रकारहरुलाई अनुरोध समेत गरेकी छिन्।

कार्यक्रममा सहभागी नेपाली लगाएत जापानिजहरु सार्बजनिक भएको पन्चेबाजा गीतमा उफ्री उफ्री नाचेका थिए उक्त कार्यक्रममा सहभागीहरुले म्युजिक भिडियो सहित सांगीतिक यात्रा सफल रहोस भन्दै शुभकामना ब्यक्त गरे ।

नाचगानले संगीतमय बनेको कार्यक्रमको संचालन पुर्व मगर संघ अध्यक्ष तथा देउराली पन्चेबाजा समूह जापानका गम जुग्जालीले गरेका थिए ।

कन्चन सुशील म्युजिक प्रा.लि. र बिन्ध्याबासिनी म्युजिक प्रा.लि.को समन्वयनमा बजार ब्यबस्थापन र प्रतिलिपि तथा डिजिटल अधिकार बिन्ध्याबासिनीम्युजिक प्रा.लि. लाइ रहने गरि बिन्ध्याबासिनी म्युजिक प्रा.लि. मार्फत यस म्युजिक भिडियो बजारमा आएको छ । 

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु