हिरोइनको खोजी, को बन्ने हो बटरफ्लाई ?

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

ओम प्रतीक (गुरुङ)को लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र बटरफ्लाई (कलर्स अफ लभ) मंसिरको पहिलो हप्ता फ्लोरमा जाने भने पनि भनेजस्तो हिरोइन नभेट्दा मंसिरको अन्तिममा फ्लोरमा जाने भएको छ । सिक्स प्याक एप भनेर चिनिनने आर्यन अधिकारी र अर्पण थापाको मूख्य भूमिका रहने यस चलचित्रमा हिरोइनको च्यालेन्जिङ रोल भएका कारण भनेजस्तो अहिलेसम्म नभेटेको निर्देशक गुरुङले बताए । नायक अधिकारीलाई ८ केजी तौल घटाउन लगाएको कारण पनि चलचित्र फ्लोरमा जान ढिलाई भएको उनले बताए । बटरफ्लाई चलचित्रको शीर्षक अनुसारको जीउडाल र हाइट मिल्ने हिरोइन चाहिएको हो ।

aryan-adhikari_om-prateek
द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र बटरफ्लाईका निर्माता सन्तोष अधिकारी हुन् । चलचित्र कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रका सह निर्मातामा सरोज शाह र भूपेन्द्र सुवेदी रहेका छन् । चलचित्रको छायाँकन सुरेश बज्राचार्यले गर्दै छन् भने चलचित्रको संगीतमा विकास चौधरी र दीपक शर्माले दिएका छन् । चलचित्रको गीत प्रमोद ढुंगाना, शान्तिप्रिय, ओम प्रतीक (गुरुङ) र सुरज लामिछानेले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु