हुँदै नभएको अभियोगमा हिरासतमा दुर्व्यवहार खेपें : रेखा

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७२, बुधबार

हिरासतमा चरम यातना चर्चित गायिका रेखा शाह सार्वजनिक मुद्दामा हिरासतमा बसेको १० औं दिनमा रिहा भएकी छन् । अदालतबाट सामान्य तारिखमा रिहा भएकी शाहले हिरासतमा प्रहरीले आफूलाई चरम यातना दिएको बताएकी छिन् । हिरासतमा प्रहरी आफूलाई औषधिसमेत खान नदिएको समेत बताएकी छिन् । उनले तीन दिनको उपचारपछि आफू यतिसम्म बोल्न सक्ने भएको भन्दै हिरासतमा प्रहरीले यातना दिने गरेको र केही थुनुवालाई पिट्ने गरेको समेत बताएकी छन् ।

Rekha_Shah_21

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू र पति इन्द्र गुरुङलाई व्यक्तिगत रिसिइबीका कारण प्रहरीले पक्राउ गरेको पनि बताएकी छन् । ‘हुँदै नभएको अभियोगमा सोधपुछ गर्न भनि बोलाएर महानगरीय प्रहरी वृत्त टेकुले सोधपुछ गर्न भनी बोलाएर पक्राउ गरियो,’ उनले भनेकी छन् । उनले मानवअधिकारवादी संघ संगठनहरुको ध्यान आकृष्ट गराउँदै विज्ञप्तिमा भनेकी छन्, ‘प्रहरी हिरासतमा १० दिन बस्दा बिरामी मलाई औषधिसमेत खान दिइएन । मेरा कानुनी सल्लाहकार, आफन्त, सञ्चारकर्मी र सुभेच्छुकलाई भेट्नसमेत दिइएन । अत्यन्त तल्लो स्तरमा गालीगलौज गरियो, जो अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत छ र यो मानवअधिकारको गम्भीर उलङ्घनको विषय हो ।उनले नेपालको प्रहरी हिरासतमा हुने दुर्व्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगलाई अपिल पनि गरेकी छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु