हुने भयो मिसेस नेपाल इन्टरटेनमेन्ट

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७३, शुक्रबार

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्ने भएको छ । आयोजक संस्थाले लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउनका लागि विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको हो । आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार गर्भमा छोरी देखिए गर्भपतन गर्ने विकृतिविरुद्ध महिलाहरुबाटै आवाज बुलन्द गर्ने उद्येश्यले दोस्रो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागिएको हो । प्रतियोगिता अन्र्तगत स्पर्धामा सामेल विवाहित महिलाहरुबाट यसखाले विकृतिबिरुद्ध आवाज उठाउने अभियनाको थालनी गर्ने झाले बताए ।
news

विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक स्प्र्धा गर्दै आएको रिवन इन्टरटेनमेन्टले यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्ने छ । विबाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे। कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगितामा राजधानीका विभिन्न क्षेत्रमा बसी व्यापार, व्यबसायत तथा विभिन्न पेशा गर्दै आएका महिलाले स्पर्धा गर्न सक्नेछन् । आयोजकका अनुसार आगामी साउन १५ गते राजधानीमा हुने अडिसनबाट छनौट हुने प्रतियोगिताहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा एक महिनाभन्दा बढी समयसम्म दैनिकरुपमा विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ। प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने आयोजकले जनाएका छन् ।

Sabita Lamichhane
प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित नेपाल र भारतको विज्ञापनमा अवसर, मोडलिङको अवसर, निःशुल्क आईइएल टीएस, टोफलजस्ता भाषा सिक्ने मौका पनि प्रदान गरिने आयोजकले जानकारी गराए । प्रतियोतिाअन्र्तगत अन्तिम स्पर्धा भने आगामी भदौको अन्तिम साता जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । यसअघिको यो प्रतियोगितामा सविता लामिछानेले उपाधि जितेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु