‘हैरान’की नायिका ‘आरोही शर्मा’का उत्कृष्ट ५ तस्बिरहरु

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७३, आईतवार

काठमाण्डौ। निर्माणाधिन चलचित्र ‘हैरान’ मार्फत आरोही शर्माले नायिकाको पहिचान बनाउँदैछिन् । सानैदेखि कलाकारीताको भनेपछि हुरुक्कै हुने स्वभावका कारणले नै आफू कलाकारीता क्षेत्रमा प्रवेश गरेको बताउने आरोहीले ‘हैरान’मा गजित बिष्ट, पुष्कर रेग्मी,निश्मा घिमिरे,सत्य राज आचार्य, निर्मल शर्मा, सरोज खनाल, बुद्धि तामाङ (हैट), सागर लम्साल (बले), बिनोद पौडेल,लगायतका कलाकारहरुको साथमा काम गदैंछिन् । त्यस्तै गरि यस फिल्ममा बालकलाकार एन्जल राईले पनि अत्यन्तै राम्रो भूमिका निर्वाह गरेकी छिन् । त्यस्तै बैंगलोरबाट आएका वसिम राजाले पनि यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् ।

आरोही भन्छिन – ‘ यस अघिनै धेरै चलचित्रहरुमा काम गर्नेअफरहरु नआएका भने होइनन् तर चित्रबुझदो भुमिका नभएको कारण डेब्युका लागि हैरान जु¥यो । हैरानको स्कृप्ट र हैरान टिम मन परेको कारण यो चलचित्रमा काम गरेको हुँ । सिनियर कलाकारहरुको साथमा काम सिक्दैछु सक्दो मिहेनत गर्नेछु । अवश्य सफल हुनेछु भन्ने विश्वास पनि लिएको छु । मन परेको स्क्रिप्ट, टिम र बरिष्ठ कलाकारहरुको साथमा डेब्यु गर्न पाउनु त मेरा लागि सौभाग्य नै हो नि ।’

आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानलाई कमेडी शैलीको कथा नै चलचित्रको मुख्य विषयवस्तु रहेको छ ।

चलचित्र ‘लभ यु बाबा’ बाट बिश्वकै कान्छा निर्देशकको रुपमा गिनीज बुकमा नाम लेखाउन सफल सौगात बिष्टको निर्देशन रहने यो चलचित्रको कास्टिङ डाईरेक्टरमा शान्तिप्रिय रहेका छन् । गम्भिर विष्टको स्क्रिट र कोरियोग्राफ रहेको यस फिल्मका निर्माता भने मुक्ति घले रहेका छन् ।

हैरान पछि चित्तबुझदो भुमिकाका लागि अफर आए काम गर्ने र कलाकारीतालाई नै निरन्तरता दिने बताउने सुन्दरी नव नायिका आरोही शर्मालाई म्यूजिक खबर टिमका तर्फबाट सफलताको शुभकामना ।

हेर्नुहोस् नायिका आरोही शर्माका उत्कृष्ट ५ तस्बिरहरु :

arohi-hairan

arohi

aarohi-sharma3

aarohi-sharma1

aarohi-sharma4

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु