होम, दिपक र सञ्जिवको ‘त्यो सपना’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७४, आईतवार

कार्तिक २६, काठमाडौं । रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजीव पराजुलीको संयुक्त म्यूजिक एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ गीतकार, साहित्यकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको थियो ।

एल्बम बिमोचन समारोहमा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य , गायिका टिका प्रसाईं , गीतकार होमनाथ न्यौपाने तथा उनको मातापिता , संगीतकार दिपक भट्टराई तथा उनको मातापिता र गायक पराजुली तथा उनको मातापिताले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए ।

एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत २०५० सालदेखि गीत रचना गर्दै आएका छन् । यो एल्बम होमको पाँचौ सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले एक सय पचास बढी गीतमा संगीत दिएका छन् ।

 

गायक सञ्जीव पराजुलीले त्यो सपना र मेरो मायालु एकल तथा पहिलो भेटैमा गीतलाई गायिका टिका प्रसाईंसंग लाइभ गाएका थिए । उपस्थित सम्पूर्णले संजिवको गायकीको प्रसंसा गरेका थिए ।

 

दिनेश अधिकारीले भने, ‘यी तिन युवाले आआफ्नै काममा व्यस्त भएर पनि गीतसंगीतलाई गरेको माया प्रसंसा योग्य छ । विदेशमा रहेतापनिगीतसंगीतलाई जसरि छाडेका छैनन् यसलाई निरन्तरतादिन म आग्रहगर्न चाहन्छु ।

म धेरै एल्बम बिमोचनमा सहभागी भईसकेको छु , त्यसैले पनि भन्न सक्छु कि यिनमा कला नै छ । यिनी आफ्नै कलाले अगाडी जान्छन भन्नेमा दुई मत छैन । होम , दीपक र संजीवलाई उज्वलभविष्यको कामना । ’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु