होलीमा वादसाहको डिजेवाले बाबु

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

काठमाडौं । गत बैशाखको बिनासकारी भूकम्प र ६ महिनासम्म चलेको नाकाबन्दीका कारण नेपाल अझै सुरक्षित छैन भन्ने सोचाईलाई बदल्न बलिउडका गायक वादशाह नेपाल आउँदै छन् । नाकाबन्दीका कारणले छिमेकी मुलुक भारतसँग अझै सम्बन्ध मधुर हुन सकेको छैन । जसका कारण नेपालको पर्यटन क्षेत्र अझै माथि उठ्न सकेको छैन । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन बादशाहले नेपाल आएर होलीमा कन्सर्ट गर्न लागेका हुन् ।

आगामी ९ चैत मंगलबार फागू पूर्णिमाकोे दिन काठमाडौंको सानो गौचरण मैदानमा ‘बादशाह लाईभ इन नेपाल’ साँगीतिक कन्र्सट हुने भएको हो । काठमाडौं प्रेस मिट गर्दै बलिउडका तन्नेरी पुस्ताका लोकप्रिय ¥यापर तथा बलिउड पाश्र्व गायक बादशाह (आदित्य प्रतिक सिंह)ले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्ने आयोजकहरुले बताएका छन् । वादशाहले आफ्ना चर्चित गीत पार्टी अभि सुरु हुई हे…, लड्की होगई चुल…., डिजेवाले बाबु…, अक्कड बक्कड बम्बे बो…., आज रातका सिन बनाले…, जस्ता चर्चित गीत सहित आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन् ।

कन्सर्टमा लड्की होगई चुल…, डिजेवाले बाबु…, अक्कड बक्कड बम्बे बो… जस्ता थुप्रै गीतमा मोडलिङ गरेकी बलिउडकी चर्चित गायिका तथा मोडल आस्था गीलले यो कन्र्सटमा बादशाहलाई गायनसँगै स्टेजमा साथ दिनेछिन् । बादशाह तीनजना डिजे, सहित ९ जनाको टोली आउने छ । बादशाहलाई ल्याउन आयोजकहरुले ६५ लाख रुपैयाँ खर्च गर्ने बताएका छन् । तर कार्यक्रममा बादशाहको पारिश्रमिक कति हो भन्ने प्रश्नमा भने उनीहरुले भन्न नमिल्ने उत्तर दिएका थिए ।

Sonata-Karotohshaanse
यो कार्यक्रमको लागि चैत ९ गते बिहान १०ः३० बजेबाट प्रवेशद्वार खुला गरिनेछ । ११ः३०बाट नेपाली डिजे शिशिर, रोहित, आसिफ तथा केही नेपाली कलाकारले आफ्ना प्रस्तुति दिनेछन् । स्टेजमा नेपाल्स् टप मोडलमा मोडलहरुले बादशाहका गीतमा डान्स गर्ने भएका छन् । यो कन्र्सट दिउँसो ४ बजेसम्म चल्नेछ । बादशाह सो कन्र्सटका लागि दिउँसो १ बजे मात्र स्टेजमा उत्रनेछन् ।

नाजी इन्टरट्रेनमेन्टको आयोजना तथा युहान इन्टरनेशनल इभेन्टस्को सह आयोजनामा वादशाह लाइभ इन नेपाल हुन लागेको हो । आयोजक टिममा नाजी इन्टरट्रेनमेन्टका अध्यक्ष नाजिर हुसेन, युहान इन्टरनेस्नल इभेन्ट्सका अध्यक्ष संजिता श्रेष्ठ, प्रबन्ध निर्देशक शानु खान, फ्लुड रेस्ट्रो एण्ड बारकी अध्यक्ष स्मृति थापा रहेका छन् ।

badshah india
कलाकार बादशाहको टिमलाई आफिसियल होटल साँग्रीलामा बस्ने व्यवस्था गरिएको आयोजकले प्रेस मिटमा जानकारी दिए । यसको सञ्चार पक्ष डब्बु क्षेत्रीले व्यवस्थापन गर्नेछन् भने जितेन्द्र महर्जनले स्टलको व्यवस्थापन हेर्नेछन् भने रौनक रौनियार तथा बृज चन्दले कार्यक्रम वयवस्थापनमा सहयोग गर्नेछन् । कार्यक्रम स्थलमा सुरक्षाको लागि दुई सय जना नेपाल प्रहरी र एक सय जना निजी सुरक्षा गार्ड रहने छन् । कार्यक्रम स्थललाई दुई रोहमा छुट्याईने छ । स्टेजसम्मुख पहिलो रोहमा भिआईपी रहने छन् । मिडियाको लागि भिआईपी रोहको एउटा कर्नर तय गरिने छ । यस्तो दोस्रो रोहमा आम दर्शक रहनेछन् ।

यो कन्र्सटमा सात हजार दर्शक ल्याउने लक्ष्य राखिएको छ । दर्शकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ टिकट दर तोकिएको छ । यस्तै भिआईपी रोहका लागि २५ सय रुपैयाँ टिकट दर राखिएको छ । सो दिन फागू पूर्णिमा भएकाले कार्यक्रम स्थलमा खाना, पेयपदार्थका स्टलसँगै रँग खेल्नको लागि रंग र पानीको पनि व्यवस्था गरिने भएको छ । कार्यक्रममा भीड गए त्यही अनुसारको सुरक्षा संयन्त्र अपनाइएको आयोजकले बताए । कन्र्सटले दुई देशको सम्बन्धलाई सुधार्न सहयोग पु¥याउने दावी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु