होलीले राष्ट्रिय एकता र भाइचारा कायम गरोस्ः आनन्द

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७२, सोमबार

वीरगंज । हिन्दुहरुको महान चाड होलीको पूर्व संध्यामा फिल्म अभिनेता आनन्द चतुर्वेदीले शुभकामना सन्देश जारी गरेका छन् । अभिनयको माध्यमबाट छोटो समयमै छुट्टै पहिचान बनाइसकेका आनन्द होली सकिए लगतै मधेश आन्दोलन सम्बन्धी चलचित्रबाट दर्शकमाझ पुनः छाउँदैछन् । ०६८ सालमा नेपाली कथानक चलचित्र लंकाबाट अभिनय यात्रा प्रारम्भ गरी हालसम्म चेर्स, एस.पी. खरेल, सडक छाप आदमी लगायत करिब आधा दर्जन नेपाली एवं भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेका छन् । बलिउड कलाकार अनुपम खेर र अमरिश पुरीको रोलमोडेलमा खलनायकको भूमिकामा अभिनय गर्दै आएका अभिनेता आनन्दले रंगरोगनको पर्व होलीमा सबै देशबासीहरू आपसी एकता, भाइचारा कायम भई राष्ट्रिय एकता र विकासको बाटोमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

फागु अर्थात होलीको अवसरमा अभिनेता आनन्दकोले दिनु भएको वक्तव्य….
भाषिक तथा सांस्कृति समागमबाटै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ । सांस्कृतिक विविधतालाई संवोधन गर्नाले राष्ट्रिय एकता समृद्ध हुन्छ । नेपाल बहुभाषिक, बहुसा“स्कृतिक, बहु जातिय, बहुधार्मिक देश हो । १२८ जाति, ९२ भाषा, ९ वटा धर्मको साझा देश नेपाल हो । यिनीहरुको संरक्षण र सम्वद्र्धन गर्नु राष्ट्रको कर्तव्य हो ।

फागु पर्वमा (होली) हिमाल–पहाड–तराई एकजुट भएको हुन्छ । रंगको पर्व होलीमा समाजका सबै मानिस आपसी राग, द्वैष विर्सिएर मानवीय सद्भावका साथ ना“च्न उफ्रन, गाउ नै मस्त र व्यस्त हुन्छन् । होलीपर्वमा सबैले आ–आप्mना व्यवसाय छाडेर होली पर्व मनाउन, गरिब केहि भेदभाव हुदैन, सबैले सबैस“ग हात मिलाएको, गला मिलाएको पाइन्छ । फागु दुई दिन मनाइन्छ । चीर (सम्वत्) बाले पछि तराई मधेशमा फागु सुरु हुन्छ भने चीरपोले पछि पहाडी जिल्लामा फागु पर्व सम्पन्न हुन्छ । फागु पर्व मिठो खाने, राम्रो लगाउने पर्व पनि हो । सबैखाले पीडा, कष्ट, अभाव, रोग होली खेलेर नुहाए पछि पखालिन्छ भन्ने जन धारणा छ । यो सांस्कृतिक र धार्मिक प्राचीन काल देखि चल्दै आएको हो । एक हप्ता सम्म फागु पर्व मनाइन्छ । रंग र अबिर उडाउदै मनाइने फागु पर्वमा अविर जस्तै पैसा पनि उडाइन्छ । फागु पर्व महंगो छ । ऋणधन गरेर पनि फागु पर्व मनाइने चलन छ । मासु, च्यूरा, अन्य परिकार मालपुवा, पकौडा, सेल रोटी, पेय पदार्थ रक्सी वियर, हल्का पेय पदार्थ कोकाकोलाको बढी खपत हुने फागु पर्वमा महंगीले ढाड भा“चेको हुन्छ ।

फागु पर्वमा केहि अस्वभाविक गतिविधि र विकृति, विसंगति पनि पाइन्छ । एक आपसमा शिष्ट तरिकाले अविर रंग आदान प्रदान गर्नु शुभकामना आदान प्रदान गर्नु नै फागुको विशेषताहो । होलीका गीतहरु त्यति कै गुन्जिएका हुन्छन् । लोक नृत्यहरु प्रस्तुत हुन्छन् । सिर्जनात्मक र रचनात्मक कार्यहरु फागुमा हुन्छन् । सबैको एउटै कामना हुन्छ सुख र शान्ति र समृद्धि । फागु पर्वले सकारात्मक सन्देश दिएको हुन्छ । परापूर्व काल देखि मनाइदै आएको फागु र्वमा केहि आधुनिकता र रौनकता थपिएको छ । फागु विशेष भनेर मिडियाहरुले पनि व्यक्तिकै महत्व दिएको छ । हामीले हाम्रो धर्म, संस्कृति मनाउन छाड्नु हु“दैन ।

धर्म, संस्कृति हाम्रो पहिचान हो । फागु हिन्दूहरुको पर्व भनिन्छ तर व्यवहारमा अन्य धर्मावलम्बी सबैलाई यस्ले प्रभावित पारेको छ । होली पर्वमा महिला दिदी बहिनीहरु पनि अनि उत्साही र उन्मुक्त हुन्छन् । वसन्त ऋतुको शुभागमनमा सबै मिलेर बस्नुपर्दछ । सबैले मिलेर काम गर्नु पर्दछ । एक आपसमा सुख, दुःख बा“ड्नु पर्दछ भन्ने चाहना र भावना लिएर मनाइने होली पर्वले सबैको मनलाई हर्षित र सन्तुष्ट पारेको हुन्छ । रमाइलो वातावरण कायम भएको हुन्छ । होलीमा गरिने खर्च अनुसारको आयश्रोत बृद्धि गर्ने तर्पm सबैले सोच्ने बेला आएको छ । ऋण गरेर होली पर्व मनाउनु पर्ने बाध्यतालाई तोडेर कम गरे रधन कमाउने, धन अनुसार होलीमा खर्च गर्ने परम्परा बसालिनु पर्दछ तव मात्र शान्ति र समृद्धि हामीले पाउने छौं । पहाडियाको होली, मधेशीको होली भनेर छुट्टा–छुट्टै दिनमा फागु पूर्णिमाका दिन र फागु पूर्णिमाको भोली पल्ट मनाइने चलनलाई तोडेर दुवै दिनमा दुवै ठाउ“मा मनाउने नेपाली भएर मनाउने भावनात्मक एकीकरण हुनुपर्दछ ।

अन्त्यमा फेरी पनि देश विदेशमा रहि बसि आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सद्भाव, एकता, शान्ति, विकास र उतरोत्तर प्रगतिको कामना गर्दछु ।

aananda_chaturbedi

ananda_chaturbedi

( फोटोहरु: विकास प्रजापति)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु