होली छेकोमा दीपकले भने ‘म रंग हुँ’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । हिन्दुहरुको रमाईलो चाड नजिकिंदै गएको समयमा चर्चित पाश्र्वगायक दीपक लिम्बुले ‘म रंग हुँ’ भनेका छन् । ‘नेपाली तारा साँझ’ कार्यक्रमको क्रममा हाल बेलायतमा रहेका गायक लिम्बूले एल्बम रिलिजअघि ‘म रंग हुँ’ बोलको गीतलाई म्यूजिक भिडियोमा ल्याएका छन् । नजिकिंदै गएको होलीको छेकोमा लिम्बुले एकल एल्बम ‘रंग होली’को एक गीत ‘म रंग हुँ’ गाएका हुन् । उक्त एल्बम दर्शक तथा श्रोतामाझ चाँडै ल्याउने बताएका छन् । रंग होली लिम्बुको आफ्नो पाँचौं एकल एल्बम हो । विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएका गायक लिम्बुले एक वर्षपछि मात्र एकल एल्बम श्रोतामाझ पस्केका थिए ।
उत्तमजंग लिम्बूको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई चर्चित सिनेमाटोग्राफर हरि हुमागाइँले निर्देशन गरेका हुन् । यसअघि ‘मैले माया गर्न जानिनँ होला’ गीतको भिडियोमा अभिनय गरेका गायक लिम्बूले यस गीतमा पनि अभिनय गरेका छन् । भिडियोमा गायकसँगै मोडल सिर्जना सुनुवारले मोडलिङ गरेकी छन् ।

dipak limbu

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु