होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कल आहवान

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार

ब्यबसायिक रुपमा अत्याधिक सफल मानिएको नेपाली चलचित्र होस्टेलको तेस्रो संस्करण होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ । चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन भने नेपालका सफल चलचित्र निर्माता सुनिल रावलले गर्दैहुनुहुन्छ । आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ। ईच्छुक आबेदन कर्ताले hostelbackagain@gmail.com मा आफ्नो आबेदन दिन सक्नेछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु