११ लाख क्षतिपूर्ति तिर्ने र फिल्मबाट गीत हटाउने सर्तमा छुटे गिरी !

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

चैत्र १४, काठमाडौं । निर्माता सुवास गिरीले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् । ११ लाख रुपैयाँ तिर्ने र चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने सहमति भएको छ । सहमतिसँगै निर्माता सुवास गिरी हिरासत मुक्त पनि भएका छन् ।

मंगलबार छलफलमा लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको थियो । चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका निर्देशक शम्भु प्रधानले केहि दिन अगाडि प्रहरीसमक्ष उजुरी दिएका थिए ।

प्रधानले आफ्नो अनुमति बिना उक्त गित चोरी गरेको उजुरी गरेपछि गिरीलाई प्रतिलिपि अधिकार ऐन २०५९को दफा २५(१)(क) अनुसार कारवाही हुने परिसरले जनाएको छ ।
चलचित्र सम्झना वि.सं २०४० सालमा रिलिज भएको फिल्म हो ।

जसमा नायक भुवन केसी नै थिए भने नायिका तृप्ती नादकरले मुख्य भूमिका निर्वाह गरेका थिए । ३५ वर्ष अघि आफैले अभिनय गरेको फिल्मको गीतलाई भुवन केसीले छोराको ‘कृ’ मा समावेश गरेका थिए ।’कृ’ मा अनमोल र अदिती नाँचे जस्तै ‘सम्झना’मा भुवन र तुप्ती नाँचेका छन् । रजिन्त गजमेर यो गीतका ओरिजिनल संगीतकार र गीतकार हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु