१४ वर्षपछि आहानसँगै फर्किए उप्रेती

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७२, मंगलवार

गीतकार नृपेश उप्रेती १४ वर्षपछि गीत लिएर फर्किएका छन् । पत्रकारिता गर्दागर्दै विदेशिएका उप्रेती गीतकार बनेर एल्बमका साथ फर्किएका हुन् । पत्रकारिता गर्दागर्दै १४ वर्ष अगाडि विदेशिएका गीतकार नृपेश उप्रेतीले समकक्षी पत्रकारहरुसमक्ष आफू नयाँ सोचाइका साथ अघि आएको बताए । पत्रकारिता गर्दा गर्दै केही सपना बोकेर विदेशिएका गीतकार उप्रेतीले सपना पूरा गर्दै जाँदा आफूलाई बचाइराख्ने भनेकै सिर्जना रहेछ भनेर गीतिसंग्रह लिएर आएको बताए ।
गीतकार नृपेश उप्रेतीको एकल रचना र संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा रहेको गीतिसंग्रह ‘आहान’ सार्वजनिक कार्यक्रममा उप्रेतीले उक्त कुरा बताएका हुन् । गीतकार एवं चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा गीतिसंग्रह आहान सार्वजनिक गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमको सार्वजनिक गरिएको हो ।

aahan nripesh upreti (8)
कार्यक्रममा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, अभिनेत्री सरिता लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नृपेशको पत्रकारिता र गीतकार बनेर आएको सन्दर्भलाई औंल्याउँदै शुभकामना दिएका थिए । त्यस्तै गीतकार एवं संचारकर्मी रमेश पौडेलले उप्रेतीका मुक्तकका लाइनसँगै आफ्नो समीक्षा प्रस्तुत गरेका थिए । साहित्यका पारखी पौडेलले आफ्नो मुक्तकबाट गीतकार उप्रेतीको बयान गरेर उनका सफल सिर्जनाले सबैलाई मन छोएका बताएका थिए ।

aahan nripesh upreti (6)
त्यस्तै प्रमुख अतिथि गीतकार एवं चलचित्रकर्मी यादव खरेलले आहान एल्बमको शुभकामना दिँदै राम्रो गीतकारका रुपमा आफूले पाएको बताएका थिए । त्यस्तै नयाँ पुस्तामा संगीतकार अर्जुन पोखरेल राम्रो संगीत सिर्जन ागर्ने संगीतकारको रुपमा पाएको बताएका थिए । साहित्यिक व्यक्तित्व उप्रेती पत्रकारिताबाट विदेशिए पनि १४ वर्षपछि साहित्यिक भएर फर्किएकोमा शुभकामना दिएका थिए । उक्त अवसरमा एल्बममा समावेश गरिएको जुनी जुनी र आफ्नै जिन्दगीको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो अवसरमा एल्बम बिक्रीबाट उठेको रकम चितवनको चेपाङ बस्तीका बालबालिकाको शिक्षादिक्षामा लगानी गरिने गीतकार उप्रेतीले बताएका छन् ।

aahan nripesh upreti (9)

आहान एल्बममा ९ वटा गीत समावेश गरिएको छ । जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ति तिमी, लुटेर जाने जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल जस्ता गायक गायिकाको स्वर रहेको छ । एल्बमलाई द डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ । कार्यक्रम संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।

aahan nripesh upreti (5) aahan nripesh upreti (4) aahan nripesh upreti (10) aahan nripesh upreti (1) aahan nripesh upreti (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु