१४ सँगीतकर्मीलाई नातिकाजी संगीत सम्मान

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार

फागुन १०, काठमाडौं । अमर स्रष्टा संगीतकार नातिकाजी श्रेष्ठको ९२ औं जन्मजयन्तीको अबसरमा १४ जना संगीतकर्मीहरुलाई नातिकाजी सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रपति बिद्यादेबी भण्डारीले मंगलबार शितल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यलाई २० हजार एक सय एक रुपैयाँ सहित नातिकाजी राष्ट्रिय बिशिष्ट सम्मान–२०७३ प्रदान गरिन् । सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले संगीतकर्मीहरु कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल र ध्रुबेशचन्द्र रेग्मीलाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७३ प्रदान गरिन् ।

16880775_1854994584760216_344382027_o
राष्ट्रपति भण्डारीले समाजका तर्फबाट जनही ११ हजार एक सय ११ रुपैयाँ सहितको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७३’ गीतकार रमण घिमिरे, सँगीतकार टिका भण्डारी, अमुल कार्की ढली, आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका देबिका बन्दना प्रधानलाई प्रदान गरिन् ।
बिदेशमा रहेर पनि नेपाली सँगीतमा योगदान पु¥याएको भन्दै एनआरएन चीनका डा. कल्याणराज शर्मा, एनआरएन जापानका चिरञ्जिबी थापा र डण्डपाणी कँडेल ‘डि.बि.’लाई नातिकाजी स्मृति समाज योगदान सम्मान–२०७३ प्रदान गरियो ।

16910624_1854993728093635_1565633649_o
राष्ट्रपति भण्डारीले पुस्कृति श्रष्टालाई बधाई दिँदै विभिन्न राष्ट्रिय, लोक तथा सुगम गीतसँगीत सृजना गरेर गायक तथा संगीतकार नातिकाजीले नेपाललाई ठुलो गुण लगाएको बताईन् । बिधालय तथा विश्वविधालयका पाठ्यकममा नेपाली कला, संगीत, संस्कृतिलाई समेट्नु पर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।
नातिकाजी स्मृति समाजका अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याएकाले सँगीतकर्मीलाई नाजिकाजी स्मृति समाजले सम्मानित तथा पुरस्कृति गरेको बताए । थुप्रै सँगीतकर्मीहरु अहिले गँभिर बिरामी रहेकाले उनीहरुको उपचारमा सरकारले सहयोग गर्नु पर्ने भनाई अध्यक्ष बासकोटाले कार्यक्रममा राखे । राष्ट्रप्रमुखको बिदेशमा हुने भ्रमणमा नेपाली कलाकारहरुलाई लैजाँनु पने पनि उनले राष्ट्रपति भण्डारीलाई स्मरण गराए ।

सम्मानित श्रष्टाबाट गीतकार रमण घिमिरेले नेपाली संगीत क्षेत्रमा पु¥याएको योदानबारे चर्चा गरे । गीतकार बिश्वम्भर प्याकु¥यारेलले संगीतकार नातिकाजी श्रेष्ठका बारे थप प्रकाश पारे ।
कार्यक्रम गायक रामकृष्ण ढकाल र गायिका देविका बन्दना प्रधानले नातिकाजीका गीत गाएका थिए । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, सदस्य सचिब गणेश रसिक, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु